आर्थिक

गाउँपालिकाको विपद कोषमा विरेन्द्र माविको ७० हजार बढी सहयोग

By थाहा अनलाइन

August 10, 2020

प्रतिज्ञा बुढामगर रोल्पा, २६ साउन रोल्पामा एक विद्यालयले गाउँपालिकाको विपत्त कोषमा ७० हजार बढी सहयोग गरेको । त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गाङमा रहको बिरेन्द्र माध्यमिक विद्यालयले गाउँपालिकाको विपद व्यवस्थापन कोषमा ७० लाख १ सय ५ रुपैँया सहयोग गरेको हो । विद्यालयका प्रधानाध्यापक बरमान वुढा मगरले गाउँपालिका अध्यक्ष शान्तकुमार वली, प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसी, वडा नम्बर ६ का अध्यक्ष लेखमनी डाँगी, शिक्षा अधिकृत अमृता बुढाथोकी लगाएतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गर्नुभएको हो । उहाँले प्रअ भत्ता ६ हजारसमेत गाउँपालिकाको विपद व्यवस्थापन कोषमा सहयोग गर्नुभएको हो । प्रधानाध्यापक बुढाले विपद बाजा बजाएर नआउने भएकाले पुर्वतयारी आवश्यक रहेको बताउनुभयो । विद्यालयले पनि विपदमा परेका नागरिकलाई सहयोग पुगोस भनेर गाउँपालिकाको विपद व्यवस्थापन कोषमा सहयोग गरेको उहाँको भनाई छ । त्यस अवसरमा गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले नगद सहयोग गर्ने विद्यालय र विद्यालयका प्रअलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले विद्यालयले विपद कोषमा सहयोग रकम हस्तान्तरण गर्नु उदाहरणिय काम भएको उल्लेख गर्नुभयो ।