दाङमा १ सय ३० वटा मानवअधिकार उल्लङघन घटना



जनक नेपाली
दाङ,२९मंसिर । दाङमा सन् २०१७ सम्म कुल १ सय ३० वटा मानअधिकार उल्लङघनका घटना घटेका छन् । नेपाल मानवअधिकार बर्ष पुस्तक २०१८ लागि घटनाहरुको पूर्व समिक्षा कार्यक्रममा ईन्सेकले यस्तो जानकारी दिएको हो ।जिल्लामा सन् २०१७ मा कुल १ सय ३० वटा मानवअधिकार उल्लङघनका घटनाहरुलाई इन्सेकले अभिलेखिकरण गरेको छ ।  यति ठूलो जिल्लामा एकजना प्रतिनिधि र सिमित स्रोत साधनले भ्याएसम्म यी घटनाहरु संकलन, अनुगमन गर्ने काम गाह्रो थियो । तथापी मानवअधिकारकर्मी, प्रहरी, अदालत, कारागार, सरकारी वकिल, जिल्ला वार, पीडित, सेवा केन्द्र, महिला बालवालिका कार्यालय, नागरिकसमाजको सहयोगमा घटना संकलन गरिएको छ । विभिन्न माध्यमबाट संकलन गरिएका यी घटनाका सूचनालाई सत्य तथ्य बनाउनकै लागि आज यो कार्यक्रमको आयोजना गरिएको हो । यसवर्ष सवैभन्दा धेरै गैरराज्य पक्षबाट १ सय ९ वटा घटना भएको बर्ष पुस्तकमा समेटिएको ईन्सेक दाङका प्रतिनिधी जे.एन सागरले जानकारी दिनुभयो ।

 

राज्य पक्षबाट १३ र अज्ञात समूहबाट ८ वटा घटना भएका छन । गैरराज्य पक्षबाट भएको घटनामा १ सय १४ जना पिडित भएका छन् । भने राज्य पक्षबाट ४७ जना र अज्ञात समूहबाट १७ जना गरी १ सय ७८ जना पीडित भएको ईन्सेकको अभिलेखिकरणमा प्रस्तुत गरिएको छ । जसमा ८० पुरुष, ७९ महिला र १९ बालवालिका पनि पीडित बनेका छन् ।यसवर्ष गैरराज्यबाट ४, राज्यपक्षबाट १ र अज्ञात समूहबाट १ गरी ६ जनाको मृत्यु भयो । यसैगरी घरेलु हिंसाका ४९, बलात्कार÷बलात्कार प्रयासका ३१, हत्या ४, कथित बोक्सी आरोप १, घर निकाला २, गाली वेइज्जती १, दुव्र्यवहार ४, बन्द २, बम विस्फोट २, अपहेलना १, गैरकानूनी हिरासत ३ र अन्य ३० वटा घटना भएको उहाँले जानकारी दिनु भएको छ ।

 

यसवर्ष जिल्लामा ६ वर्षदेखि १६ वर्षसम्मका १८ वालिका बलात्कृत भएकोमा समेत उल्लेख गरिएको छ । कतिय बाबुबाटै बलात्कृत भएका देखिएको छ । ६ वर्षीया बालिकादेखि ६५ वर्षया वृद्धासम्म बलात्कृत भएको पाईन्छ ।त्यस्तै ४९ घरेलु हिंसामा ३७ वटा पतिबाट पीडित भए भने छोरा, बुहारी, सासु, छिमेकीबाट पनि हिंसामा परेको उहाँले जानकारी दिनुभयो ।दाङमा मानवअधिकारको अवस्था सन्तोषजनक नभएको पाईएको छ ।जिल्लामा मानवअधिकार उल्लंघनका घटना १३ वटा मात्रै छन भने हनन एकसय बढी भएको पाईएको छ । पुस्तक समिक्षा कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका उप मेयर तथा न्यायिक समितिका प्रमुख सिता न्यौपानेले मानव अधिकार उल्लङघका घटना न्युनिकरणका लागि सबै लाग्नु पर्ने वताउनुभयो । यस्ता घटना दोह्रयाउन नदिनका लागी सबैज सचेत रहनु पर्ने वताउनुभयो । महिला पुरुष बालवालिका सबैको अधिकार हनन् भएको वताउदै न्यौपानेले जिल्लामा लेनदेन बुहुविवाह सम्बनध विच्छेदका घटना घट्दै गएको वताउँदै त्यसो हुन नदिन आग्रह गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्