बाह्य जिल्ला यातायात र हवाई उडान भदौ १५ सम्म रोक लगाउने सरकारको निर्णय



काठमाडौं / २७ साउन।
कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले लामो दूरीको यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेदेखि खोल्ने निर्णय गरेको हो ।

कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको छ।

यस अघि मन्त्रिपरिषद्को बैठकले भदौ १ देखी अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्