यौन हिंसा गर्न खाजेपछि हम्मरले हानेर मारेकी हुँ: कल्पना (भिडियो)



काठमाडौँ । गोंगबुमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्याको कारण यौन भएको खुलेको छ । प्रहरीका अनुसार हत्याको कारण यौन रहेको पाइएको हो ।

पक्राउ परेकी महिला कल्पना शाहीले बोहराले आफूलाई ‘सेक्सुअल ह्यारेसमेन्ट’ गरेकाले हत्या गर्न बाध्य भएको बयान दिएकी छन् । उनले बोहरालाई सुरुमा अण्डकोषमा हम्मरले हानेर हत्या गरेको बताएकी छन् । अण्डकोषमा चोट र नीलडामसमेत देखिएको प्रहरीले जनाएको छ ।

हम्मरले हानेर मारिसकेका बोहोराको घाँटी र खुट्टा काटेको शाहीले बयान दिएकी छन् । उनले सुटकेशमा लाश नअट्ने भएपछि काट्नु परेको प्रहरीलाई बयान दिएकी छन् । घाँटी र खुट्टा काटेपछि सुटकेश र जेब्रा झोला राखेर शव व्यस्थापन गरिएको थियो । कामना न्यूजमा समाचार छापिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्