पूजालाई चित्तबुझेन पत्रकार सुबेदीको माफी



पत्रकार सुवेदीले आफुलाई लक्षित गरेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउदै पूजाले आइतबार कलाकार संघमा उजुरी दिएकी थिइन् ।

पूजाको उजुरी पछि पत्रकार सुवेदीले आफ्नो कार्यक्रम मार्फत माफि समेत मागेका थिए । तर पत्रकार सुबेदीको माफि चित्तनबुझेको भन्दै पूजा प्रेस काउन्सिलसम्म पुगेकी थिइन् ।

यो समयमा नायिका पूजाको साथमा निर्माता सुदर्शन थापा उनकालागि बलियो खम्बा बनेका छन् । म व्यक्ति विशेष भन्दा पनि समस्त कलाकारको लागि यहाँसम्म आएको थापा को भनाइ ।

कलाकारहरु भनेपछि सबै पर्दछन् । म दाह्रा शब्दले मात्र यहाँँसम्म आएको होइन । उहाँले आपत्तिजनक शब्द धेरै बोल्नु भएको छ ।

उनले पत्रकार सुवेदीको हेपाई ज्यादा भएपछि कानुनी कारबाही प्रक्रियामा गएको बताइन् ।‘उहाँले हरेक एपिसोडमा कलाकारलाई होच्याउने हिसाबले कुराकानी गर्नुहुन्छ । त्यसैले हामी कानुनी प्रक्रियामा गएका हौं’ उनले भनिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्