खुमबहादुर खड्का सहित ठुलो टिम काँगेसबाट बाहिरिने तयारी



सैघाली खबर

दाङ २९ मंसिर । नेपाली काँगेसका केन्द्रीय सदस्य खुम बहादुर खड्काले हिन्दु राष्ट्र र राजसंस्था फर्काउने उद्घोष गरेका छन् ।उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफु हिन्दु राष्ट्र र राजसंस्था फर्काउने अभियान थालेको भन्दै साथ दिन आग्रह गरेका छन । नेपाली काँग्रेस सनातन हिन्दुराष्ट्र अभियानको टोलीसहित पूर्वराजालाई भेटेर राजसंस्था, र हिन्दुराष्ट्रको पक्षमा आफु अडिग रहेको बिश्वास दिलाएका हुन् ।

भेटमा नेपाली काँग्रेस सनातन हिन्दुराष्ट्र अभियानले आफ्नो नाम बाट नेपाली काँग्रेस अलग गर्ने तयारी भएको समेत पूर्वराजा शाहलाई जानकारी गराएका थिए । खड्काले आफुहरु औपचारिक रुपमै काँग्रेसबाट ठुलो टिमसहित अलग्गिएर राजतन्त्र र हिन्दुराष्ट्रको अभियान चर्काउन अघि बढेको विश्वास दिलाएका थिए । भेंटमा पूर्वराजा ज्ञानेन्द्र शाहले अभियानलाई शुभकामनाबाहेक अरु नबोलेको स्रोतले बतायो । भेंटका बिषयमा नेपाली काँग्रेस केन्द्रिय सदस्य खुम बहादुर खड्काले के बिषयमा कुरा भएको थियो भन्न नचाहेपनि सयौ नक्कली राजा जन्मेका बेला खास राजालाई भेट्न नहुने हो र रु भन्दै प्रश्न गरे ।

अभियानका सदस्य लक्ष्मण घिमिरेले देश माओवादीमय भएको र नेपाली काँग्रेस पार्टी सामान्य निर्णयसमेत नगरी माओवादीकै एजेण्डाको वरिपरि घुमेकाले अब हिन्दुराष्ट्र र राजतन्त्रको पुर्नस्थापनाको अपरिहार्यता भएको बताए ।अब हिन्दुराष्ट्र र राजतन्त्रका बिषयमा जनमत सग्रह नगरेसम्म मुलुकमा शान्ती र स्थायित्व नआउने भएकाले अभियानलाई केही परिमार्जन गर्न चाहेको स्पष्ट पारे ।

के अब नेपाली कांग्रेसमा औपचारिक रुपमै विभाजन आउन लागेको हो भन्ने प्रश्नमा घिमिरेले संयोजकज्युले नाम सच्चाउने घोषणा गर्नुभएको हो । यसबाहेकको निर्णय अब बस्ने कार्यसमिति बैठकले गर्ने जानकारी दिए सनातन हिन्दुराष्ट्र महाअभियानमार्फत राजसंस्था र हिन्दुराष्ट्र पुर्नःस्थापना गर्ने अभियानमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य खुमबहादुर खड्का सहित, तारानाथ रानाभाट, चिरञ्जिवी वाग्ले, लक्ष्मण घिमिरे, डा.रामचन्द्र अधिकारी, कुमार रेग्मी, खेमराज सेढाई, लोकेश ढकाल, बनमन्त्री शंकर भण्डारी लगायतका नेपाली कांग्रेसका नेताहरु छन ।अभियानले पोखरा, दाङ, नेपालगंज, भैरहवा, मोरङ, तनहुँ, रामेछाप कञ्चनपुर र पर्सा जिल्लामा आफ्नो संगठनसमेत बिस्तार गरिसकेको टिवी अन्नपूर्णमा समाचार छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्