सहायक रथी विज्ञानदेव पाण्डे उपरथीमा बढुवा



काठमाडौँ / २७ साउन।
नेपाली सेनाका सहायक रथी विज्ञानदेव पाण्डे उपरथीमा बढुवा भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहायक रथी पाण्डेलाई उपरथीमा बढुवा गरेको रक्षा मन्त्रालय निकट स्रोतले जानकारी दिएको छ।

पाण्डे उत्तर पश्चिम पृतना सुर्खेतमा कार्यबाहक पृतनापतिको रूपमा कार्यरत छन्।

गत साउन पहिलो सातासम्म पाण्डे नेपाली सेनाका प्रवक्ता थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्