पशु सेवाको बार्षिक स्वीकृत कार्यक्रम



सैघाली खबर
दाङ,१ पुस

पशु सेवा शाखा तुलसीपुरले एक करोडको वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले कार्यक्रम स्वीकृत गरेपछि तुलसीपुरमा अगुवा किसान र पत्रकारहरुलाई संयुक्त रुपमा राखखेर शाखाले कार्यक्रम सार्वजनिक गरेको हो ।

कार्यक्रममा कुकुर बन्ध्याकरण देखि अण्डामा आत्मनिर्भर सम्मका कार्यक्रम तर्जुमा गरिएको छ । बार्षिक कार्यक्रममा कुखुरा पालन तालिम, दुधमाआत्मनिर्भर कार्यक्रम, नस्लसुधार, कृतिम गर्भाधान सेवा, गर्भ परिक्षण, बाँझोपन निबारण, पशु आहारा सेवा, कृर्षीजन्य उत्पादनको पोषक तत्व बढाउने, हिउँदे, बर्षे, डालेघाँस, बहुबर्षे, घाँसको विउँ वितरण, व्यवसायिक गाई, भैंसी, बाख्रा, र बंगुर पालन, दुध परिक्षण, मासुमाआत्मनिर्भर, एक गाउँ एक उत्पादन प्याकेज, समुह समिति गठन, पशुहरुमा परजिबि नियन्त्रण जस्ता कार्यक्रम रहेका छन् ।

त्यसैगरी उन्नत, गाई भैंसी ढुवानी अनुदान, बंगुर, बाख्रा सुधार अनुदान कार्यक्रम , व्यवसायिक बाख्रा फार्महरुलाई बोयर बोका बितरण तथा ढुवानी अनुदान, पशुपंक्षी तथ्याँक सक्लन, एन्टिवायोटिक औंषधी खुवाएको बोइलर कुखुराको मासु खाँदा त्यसले मानव स्वास्थ्यमा पार्ने असर, पशु बिमा, आधारभूत कम्प्युटर शिप तालिम, जूनोटिक रोग सम्बन्धमा स्कुल शिक्षा प्रसार, अगुवा कृषकहरुलाई भ्रमण, कुखुर तालिम, लेर्यस कुखुरा वितरण, कृतिम गर्भाधानबाट जन्मीएका पाडापाडी, बाच्छा बाच्छीको तथ्याँक संकलन, डेरीपसल, मासुपसल, बधस्थल, अनुगमण, निरीक्षण, रेकर्डिङ, एग्रोभेट, कखुरा पार्म, ह्याचरी, दानापासल, ग्रामिण स्वास्वास्थ्य कार्यालय दर्ता नबिकरण, जस्ता कार्यक्रमहरु रहेको पशु सेवा शाखा तुलसीपुरका प्राविधिक सुनिता शर्माले जानकारी दिुनभयो ।

 

यस्ता कार्यक्रममा सक्रियसहभागिता र सफल किसान अगुवालाई प्रोत्साहन स्वरुप उत्कृष्ट राष्ट्रपति पुरस्कार वितरणको समेत व्यवस्था गरिएको कार्यालयले जनाएको छ । पशु सेवा शाखा तुलसीपुरका पशु विकास अधिकृत सुदामा भट्टको सभापतित्वमा भएको कार्यक्रममा, कार्यक्रमको विषयका बारेमा शाखा प्राविधिक सुवाश आचार्यले प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा रेडियो सन्जीवनीका स्टेशन म्यानेजर सरद रेग्मी, रेडियो प्रकृतिका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेत, गोरक्ष राष्ट्रिय दैनिकका खेमराज रिजाल, अगुवा किसान शषीराम बुढाथोकी, गोविन्द सुवेदी, बसन्त आचार्य लगाएतले बोल्नु भएको थियो । सो अवसरमा किसानहरुले अनुउत्पादक पशुचौपायको व्यवस्थापन गर्नु पर्ने, उपचार सेवा लगाएतका विषमा जिज्ञासा राखेका थिए ।​

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्