टप फिचर

अर्को सूचना नआएसम्म शैक्षिक संस्था बन्द राख्ने सरकारको निर्णय

By Thah Online

August 11, 2020

काठमाडौँ / २७ साउन। सरकारले शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभएसम्म बन्द नै राख्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण बढ्दै गएको सन्दर्भमा अर्को सूचना प्रकाशित नभएसम्म शैक्षिक संस्था, सिनेमा हल, पुस्तकालय, धेरै जनाको समूहमा खेलिने खेलकुदका कार्यक्रमलगायत नखोल्ने निर्णय गरेको हो।

मंगलबार आयोजित प्रेस ब्रिफिङ कार्यक्रममा सरकारका प्रवक्ता एवं अर्थ/सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमण बढ्दै गएका कारण गत साउन ५ गतेको मन्त्रिपरिषदले भदौ १ देखि खोल्ने निर्णय गरेका केही सेवाहरु भदौ १६ पछि खोल्ने र केही सेवा हाललाई बन्द नै राख्ने निर्णय गरिएको जानकारी दिए।

मन्त्री खतिवडाका अनुसार शैक्षिक संस्था, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको छ ।