निशान भट्टराईको कानुनी विवाह



काठमाडौँ / २७ साउन।

गायक निशान भट्टराइले कानुनी बिबाह गरेका छन् ।

आज धुलिखेल जिल्ला अदालतमा उनले प्रेमिका ऋचा न्यापानेसँग कानुनी विवाह गरेका हुन्।

कानुनी विवाहपश्चात उनीहरुले विवाहको प्रमाणपत्र लिएका थिए । निशान र ऋचा २ बर्षदेखि प्रेम सम्बन्धमा थिए ।

उनको स्वर भरेको ‘के माया लाग्छ र’ बोलको अहिले सर्वाधिक चर्चामा छ ।

निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’ मा ऋचाको अभिनय देखन सकिन्छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्