समानुपातिकको मतगणना सकियो, पाँच दल मात्रै राष्ट्रिय दल



सैघाली खबर
काठमाडौं,१ पुस


प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फ पनि नेकपा एमालेले पहिलो बन्न सफलभएको छ ।दुवै चुनावमा प्रत्यक्ष तर्फ सबैभन्दा ठूलो दल बनेको एमाले समानुपातिक तर्फ पनि सबैभन्दा बढी मत पाउन सफलभएको हो ।निर्वाचन आयोगको तथ्यांक अनुसार नेकपा एमालेले ३१ लाख २४ हजार ७ सय ४७ मत ल्याएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३० लाख ६० हजार ८ सय ५० मत प्राप्त गर्दा माओवादी केन्द्रले १२ लाख७३ हजार ७ सय ७१ मतपाएको छ ।

यस्तै संघीय समाजवादी फोरमले ४ लाख ५९ हजार ७१, राजपाले ४ लाख ४७हजार ५ सय २९, विवेकशील साझा पार्टीले २ लाख ११ हजार ४ सय ९३, राप्रपाले १लाख ९३ हजार ८ सय ७२, राप्रपा प्रजातान्त्रिकले ८७हजार ४ सय ८१, नयाँशक्ति पार्टीले ८० हजार ६ सय ९३ र राष्ट्रिय जनमोर्चाले ६२ हजार ४५ मतपाएका छन् ।

अरु दलले ३ लाख ४७हजार ६ सय ८५ मतप्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । योसँगै पाँच वटा पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन् ।संविधान अनुसार कूल सदर मतको ३ प्रतिशत ल्याउने पार्टीलाई राष्ट्रिय दलका मान्यता दिने व्यवस्था छ ।सो अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपामा ओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले राष्ट्रिय दलको मान्यता पाएकाहुन् ।अरु दलले ३ प्रतिशतमत कटाउन नसके पछि उनीहरुले राष्ट्रिय दलको मान्यता पाउन सकेनन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्