सरकार दलित युवाको मुल्य दशलाख होईन क्षतिपूर्ति मात्र होईन न्याय चाहिन्छ

सरकार जातकै नाममा हत्या भएका नबराज बिक ,अजित मिजार ,लक्ष्मी परियारका हत्यारालाई कहिले कारवाही हुन्छ ?


सरु सुनार , काठमाडौ  ,सरकारले नबराज बिकसहित ५ जनाको परिवारलाई रु.१०,१० लाखको दरले क्षतिपूर्ति दिने निर्णय

सरकारले रुकुम जाजरकोट हत्याकाण्ड जहाँ अन्तरजातीय प्रेम र बिवाहाको कारण नबराज बिक सहित , गणेश बुढा, सन्जु बिक , लोकेन्द्र सुनार , टिकारम सुनार , गोबिन्द शाहीको निर्मम कुटपिट पछि हत्या भएको थियोे ।
अहिले २८ जना हत्यामा आरोपित पुरपक्षमा थुनामा छन् ।
५ जना भने साधरण तारिखे साथै प्रकाशी मल्ल रु एक लाख धरौटीमा छुटेकी छिन ।
बिगतमा पनि अन्तरजातीय बिवाहाको कारण काभ्रेका अजित मिझारलाइ हत्या गरि धादिङको गजुरीमा झुन्डिएको अबस्थामा लास फेला पर्यो ।
आन्दोलन जति गरे पनि आखिर सरकारले अजितको परिवारलाई रु १० लाख दियो तर हत्यामा आरोपित सामान्य धरौटीमा रिहाई भयो ।
अजितका बुवा आमा अहिलेसम्म छोराको हत्यारालाई कारवाही नभए लास बुझ्दिन भनी ५ बर्ष देखि न्यायको पर्खाइमा काठमाडौको टिचिङ अस्पतालको मुर्दा घरमा लास सडेको छ ।
फेरि अर्को काभ्रेमै लक्ष्मी परियारलाई सानो छोराको अगाडी शिक्षकले कुटपिट र परिवार र आफन्तले मलमुत्र खुवाए लक्ष्मि परियारको मृत्यु भयो ।
फेरि पनि हत्याराहरु सामान्य धरौटीमा छुटे ।फेरि सरकारले रु १० लाख क्षतिपूर्ति दियो ।
यी हत्याका हत्याराहरु आज खुलेलाम आफ्नो जितमा बिजयी उन्माद मनाएका छन् तर हामीले न्याय पाउन सकेनम् ।
आज फेरि नबराज हत्याकाण्डमा पनि १० लाख सरकारले दिने भयो ।
अब आफ्ना छोरा र श्रीमान गुमाएका यी परिवारले न्याय पाउछन् त सरकार ?
अब हामीले न्याय पाउछौ ?
न्याय चाहिएको हो हामीलाई र परिवारलाई यदि अब यी र यस्ता घटनामा अपराधीहरु कुनै बहानामा उम्कदै जाने सरकारले क्षतिपूर्ति तिर्दै गर्ने हो भने फेरि पनि जातकै नाममा यस्ता घटना नदोहोरिएला भन्न सकिन्न , अपराधी उम्कन भएन आज सोध्न मन लाग्यो सरकार अजित मिझार , लक्ष्मी परियारका हत्याराहरु कहिले खोजिन्छ ? कहिले कारवाही हुन्छ ? न्यायको लागि कति बर्ष पर्खन पर्नी हो ?

फेरि पनि अन्त्यमा भन्छु सरकारले १० लाख क्षतिपूर्ति दिने निर्णय राम्रो हो तर यतिमा सिमित नहोस् अपराधीलाई खोजियोस, कारवाही होस् ।

सरकार दलित युवा र समुदायका ब्यक्तिको मूल्य १० लाख होईन हत्या भए पछि रु.१० लाख दिएर मात्र हुँदैन सख्त कारवाही हुनु पर्छ नबराज सहित ५ जनाको हत्या गर्ने अपराधी र अजित साथै लक्ष्मी परियारका हत्यारालाई खोजी खोजी कारवाही हुनु पर्छ ।
संमान , क्षतिपूर्ति अलग पाटो हो न्याय मुख्य कुरा हो ।
धन्यवाद सरकार !
आसा छ न्याय पाउने छौ ।
सरु सुनार !

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्