प्रदेश ३

धरौटी बुझाउन नसक्दा नेता शाही जेल चलान

By थाहा अनलाइन

August 11, 2020

भक्तपुर । विप्लव नेतृत्वको नेकपाका एकजना नेता धरौटी तिर्न नसक्दा कारगार चलान भएका छन् । सो पार्टीका झक्तपुर जिल्ला सेक्रेटरी ऐनबहादुर शाही जिल्ला प्रशासन कार्यालय ललितपुरले तोकेको १० हजार रुपैयाँ धरौटी तिर्न नसक्दा कारागार चलान भएका हुन् ।

अभद्र व्यवहारको मुद्धामा पक्राउ परेका उनलाई जिल्ला प्रशासन कार्यालय ललितपुरले १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उनले सो रकम बुझाउन नसकेपछि ललितपुरस्थित नख्खु कारागार चलान गरिएको जिल्ला प्रशासन कार्यलय ललितपुरले जनाएको छ । यसअघि उनलाई प्रहरीले कलङ्कीबाट पक्राउ गरी भक्तपुर लगेको थियो ।

भक्तपुर जिल्ला अदालतले साधारण तारिखमा छोड्न आदेश दिएपछि प्रहरीले उनलाई रिहा गरेको थियो । रिहा भएलगत्तै उनलाई पुनः पक्राउगरि ललितपुर लगिएको थियो । सोमबार मात्रै विप्लवका केन्द्रीय सदस्य ओमप्रकाश पुन धरौटी बुझाउन नसक्दा कारगार चलान भएको थिए ।