निड्स नेपालद्वारा जिल्ला अस्पताल बझाङमा खानेपानी सरसफाइ



उत्तम कुमार थापा बझाङ

निड्स नेपालद्वारा काेभिड १९ राेकथामका लागि खानेपानी सरसफाइ तथा स्वच्छता सामाग्री एवं याेजना हस्तान्तरण गरिएको छ ।

अाज जिल्ला अस्पताल बझाङमा एक कार्यक्रमका विच काेभिड १९ राेकथामका लागि सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय सँगकाे समन्वयमा युनिसेफकाे सहयाेगमा covide – 19Response and Flood Preparedness in sudurpaschim कार्यक्रम अन्तरगत निड्स नेपाल र जिल्ला अस्पताल बझाङकाे समन्वय अस्पतालकाे खानेपानी सरसफाइ तथा स्वच्छता सुधारका लागि सामाग्री हस्तान्तरण गरिएको हाे

अस्पतालमा अायाेजित एक कार्यक्रममा निड्स नेपालका अध्यक्ष अञ्जु जाेशी भट्टकाे अध्यक्षतामा सुरुभएकाे कार्यक्रममा जिल्ला अस्पतालका डाक्टर सन्दिव अाेखेडा प्रमुख अतिथि रहनुभएकाे थियाे । कार्यक्रममा बाेल्दै अञ्जु जाेशीले भने,हामिले विभिन्न काेरनाबाट बच्नकाे लागि सामाग्री दिएकाे बताउदै अस्पतालले अागामी दिनमा यसको सदुपयोग गरेर लैजान अाग्रह गर्नुभएको हाे ।

कार्यक्रममा बाेल्दै डाक्टर अाेखेडाले भने,सर्वप्रथम सँस्थालाइ धन्यवाद दिदै अागामी दिनमा यसरी सरसफाइ सम्वन्धि र स्वच्छता सम्वन्धि सामाग्री हस्तान्तरण गर्ने दातालाइ अाभार व्याक्त गर्नुकाे साथै जिल्ला अस्पताल बझाङले यश विषयमा लागिपर्ने दावी गरेका हुन ।

जिल्ला अस्पताल बझाङकाे परिसरमा सञ्चालन भएको कार्यक्रममा निड्स नेपाल नामक सँस्थाले सुदुरपश्चिमका विभिन्न जिल्लाका अस्पतालहरुमा वितरण गरेको बताए । जिल्लामा पुगेर एक हजार लिटरकाे स्टिल टङ्की पाच सय लिटरकाे टेडी,पेडल अपरेटर स्टेण्ड एक सेनेटाईजर चार वटा सेनेटाईजर पाच लिटर पेडल अपरेट तीन वटा फलर क्लिनर पाच गेलन देण्ड सेनिटाईजर पाचसय एमएल दस वटा साैचालय प्लागर दुई वटा फलर क्लिनर एक वटा कलनरतिन जाेडा पाेषण मेगेज सात थान पाेषण मेराेग प्लायर एक हजार थान गरि विभिन्न सामाग्री जिल्ला अस्पताल बझाङका डाक्टर शन्दीव अाेखेडालाई हस्तान्तरण गरेका हुन ।

जिल्लामा यसरी निड्स नेपालले सरसफाइ स्वच्छता सम्वन्धि सामाग्री हस्तान्तरण गरेपछि जिल्ला बासिहरुले राम्रो सेवा पाएकाे र सरसफाइमा ध्यानाकर्षण भएको सेवाग्राही गणेश थापाले बताए । उनले भने यसरी परिवर्तन गर्नुपर्छ भन्ने अाभावन पनि गरे , कार्यक्रममा जिल्ला स्थित सबै जनसमुदायहरुकाे उपस्थिति रहेको थियाे कार्यक्रम सञ्चालन भने भभवराज गिरीले गर्नुभएको थियाे । गिरीले अागामी दिनमा सस्थाकाे सहयाेग र जिल्ला अस्पताल बझाङकाे सहकार्य हुँदै जाने बताए

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्