प्रदेश ५

दाङको देउखुरीबाट लागुऔषध सहित २ जना पक्राउ

By Thah Online

August 11, 2020

ओमप्रकाश गुप्ता , सिसहनियाँ २७ साउन । दाङको देउखुरीबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । मंगलबार बेलुका ४ :३० बजेको समयमा गढवा गाउँपालिका वडा नम्बर ७ घोराहा कोईलाबास लमही सडक खण्डमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ प्रतिभा टोल बस्ने सलाउदिनको छोरा बर्ष २३ का रिहा जुदिन र ऐ.ऐ. बालुवाटार बस्ने कल्लु भन्ने अलि अहमद धुनियाका छोरा बर्ष २२ का अरमान धुनिया लागुअाैषध सहित पक्राउ परेका हुन् ।

कोईलाबास देखी घोराही तर्फ लु ३१ प १५७८ नम्बरको निलो रङको स्कुटर चलाई सँगै अवैध लागु औषध ल्याउदै गरेको भन्ने भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले उक्त स्कुटर रोकी चेकजाँच खानतलासी गर्ने क्रममा बर्ष २२ को चालक अरमान धुनियाले टाउकोमा  लगाएको रातो रङ कोहिनुर लेखेको हेल्मेट भित्र लुकाई छिपाई राखेको अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने सेतो पलास्टिको प्याक गरिएको ५५.७८० ग्राम लागुअाैषध फेला पारी बरामद गरेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । पक्राउ परेका दुवै जना बारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।