६० प्रतिशत संक्रमितको ट्राभल हिस्ट्री बारा पर्सा काठमाडौं अर्को ‘हटस्पट बन्ने खतरा



साउन, काठमाडौं । भारतको विहारबाट २९ वर्षीय एक युवक गत साता काठमाडौं आइपुगे । नागढुंगा नाकामा स्वाब दिएका उनको दुई दिनपछि पोजेटिभ रिपोर्ट आयो । उनले फारम भर्दा टिपाएको नम्बरमा डायल गर्दा फोन नलागेपछि उनी दुई दिनसम्म सम्पर्कविहीन भए ।

कवाडी सामानहरु संकलन गर्ने ती युवक दुई दिनपछि सार्वजानिक यातायात चढेर अस्पतालको सम्पर्कमा पुगे ।यो घटना ईडीसीडीका लागि पहिलो होइन । पछिल्लो समय काठमाडौं, भक्तपुर र ललितपुरमा यस्ता घटना दोहोरिन थालेको सम्बन्धित जिल्लाका जिल्ला जनस्वास्थ्य अधिकारीहरु बताउँछन् ।

यो पनि पढ्नुस्पीसीआर सकियो, अब भेन्टिलेटरका गीतहरु आउनेछन् कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, ६३८ संक्रमित थपिएभारतबाट श्रम गर्न नेपाल आउन नपाइने‘उपत्यका बाहिरबाट आएका मानिसहरुले संक्रमण नसारेको भए अहिले यो अवस्था आउने थिएन’ स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलाल भन्छन्, ‘सीमा नाका कडाइ गर्न सकेके भए उपत्यकामा यस्तो भयावह अवस्थाआउने थिएन ।’डा. गेलालले भनेजस्तै बाहिरबाट संक्रमित मानिसहरु छिरेर उपत्यका जोखिम बढेको हो त ?तथ्यांक हेरौं :-जनस्वास्थ्य कार्यालय, काठमाडौंको तथ्यांक अनुसार गएका १० दिन -साउन १५ गतेदेखि २५)मा ४७६ जना संक्रमित भेटिए ।

उनीहरुमध्ये २७२ जना उपत्यका बाहिरबाट यात्रा गरेर आएका थिए । उनीहरुमध्ये पनि १७ जना त छिमेकी मुलुक भारतबाट तराईका जिल्लाहरु पार गरेर हालसालै काठमाडौं आएका थिए ।यस्ता संक्रमितमध्ये कसैलाई तरकारी बेच्न हिँडेका बेला त कसैलाई कवाडी संकलन गर्न हिँडेका बेला अस्पताल पुर्‍याइएको छ’ ईडीसीडीका एक कर्मचारी भन्छन्, ‘उनीहरुको ‘क्लोज कन्ट्याक’मा आएकामा पनि संक्रमण देखिएको छ ।जनस्वास्थ्य, ललितपुरका अनुसार जिल्लामा सोमबारसम्म १५७ जना संक्रमित भेटिएका छन् ।

उनीहरुमध्ये ५९ जना गएका १० दिनमा भेटिएका हुन् । ५९ मध्ये ३७ जना उपत्यका बाहिरबाट ट्राभल गरेर आएका थिए, जसमा भारतीय पनि छन् भक्तपुरमा साउन २५ गतेसम्म ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ४९ जना उपत्यका बाहिरबाट ट्राभल गरेर आएका छन् भने ३६ जना यहीँका बासिन्दा । ट्राभल गरेर आएका ४९ जनामध्ये ३ जना भारतबाछ आएका छन् । गएका १० दिनमा मात्रै भक्तपुरमा २९ जनामा संक्रमण पुष्टि भयो, जसमध्ये १९ जना त उपत्यका बाहिरबाट ट्राभल गरेर आएका थिए ।सरकारी तथ्यांकअनुसार गएका १० दिन -मंगलबार बाहेक) मा उपत्यकामा ५६४ जनामा कोरोना संक्रमण पुष्टि भयो ।

उनीहरुमध्ये ३२८ जनाको उपत्यका बाहिरको ट्राभल हिस्टी छ । उनीहरुमध्ये पनि २२ जना त भारतबाट हालै मात्र आएका छन् । यो तथ्याकंले उपत्यका बाहिरबाट जाँच नगरी काठमाडांै छिर्नेहरुका कारण उपत्यका संक्रमणको जोखिममा रहेको देखाउँछ ।ईडीसीड अनुसार पछिल्लो समय उपत्यकामा भेटिएका ६० प्रतिशत संक्रमित उपत्यका बाहिरबाट आएका छन् ।

त्यसमा पनि धेरै पर्सा, बारा, सप्तरी र रौतहटबाट आएका छन् । ईडीसीडीका निर्देशक डाक्टर पाण्डे भन्छन्, ‘उपत्यका बाहिरबाट आएर काठमाडौं उपत्यकामा भेटिएका अधिकाशं संक्रमित कामको सिलसिलामा प्रदेश-२ बाट आएका तथ्याकंले देखाउँछ ।’र, काठमाडौं कोरोनाको हटस्पट बन्दैछ । गएका २ दिनमा देशभर १० जना कोरोना संक्रमितको मृत्युभएको छ । सोमबार मात्रै २ ललितपुरमा २ जना संक्रमितको मृत्यु भयो भने काठमाडौंमा एकजना संक्रमितको मृत्यु भयो । गत शुक्रबार यता हरेक दिन ५ जनाको मृत्यु भएकाले पनि संक्रमणको डर बढ्दै गएको छ ।

 

पछिल्लो समय वीरगञ्जसँगै बिराटनगर पनि कोरोना संक्रमणको हटस्पट बनेको देखिन्छ । अब उपत्यका पनि त्यहीबाटोमा जान लागेको जनस्वास्थ्यविज्ञहरु बताउँछन् । ईडीसीडीका निर्देशक डाक्टर पाण्डे पनि सीमा नाकामा कडाइ गर्न नसकेकाले कोरोना नियण्त्रण बाहिर जान लागेको बताउँछन् ।

‘वीरगञ्जमा भारतबाट लुकिछिपी आउनेहरुका कारण संक्रमणले भयावहको रुप लियो । उपत्यकामा पनि भारत तथा संक्रमण फैलिएको तराईका जिल्लाहरुबाट आएकाहरुबाट संक्रमण फैलिँदैछ,’ डाक्टर पाण्डे भन्छन्, ‘नाकामा कडाइ नगर्ने हो भने उपत्यका अर्को हटस्पट बन्नबाट रोक्न सकिँदैन ।’

हुन पनि उपत्यकामा कोभिडको बिरामी राखिएका अस्पतालमा बेडको अभाव हुन थालेको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कोभिडको लागि भनेर ५/५ भेन्टिलेटर र आईसीयू वेड भन् भने ११ आइसोलेसन वेड छुट्याइएको छ । अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दास अब बेड अपुग हुन थालेको बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘दिनदिनै संक्रमित थपिएकाले बेडको अपुग भएको छ, व्यवस्थापन गर्न गाह्रो भएको छ ।’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अवस्था पनि यो भन्दा फरक छैन । २० आईसीयू र ३० आइसोलेसन वेड भएको यो अस्पतालका निर्देशक सागरराज भण्डारी भन्छन्, ‘संक्रमित थपिरहेका छन्, राख्न गाह्रो छ ।’

पाटन, बलम्बु, केएमसीलगायतका उपत्यका कोभिड अस्पतालहरु पनि संक्रमितले गरिएका छन् । अस्पतालमा बेडको अभाव हुँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सामुदायिक सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड-१९ का बिरामीका लागि छुट्याउन निर्देशन दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी भन्छन्, ‘लक्षण नभएका वा सामान्य लक्षण भएका संक्रमितहरुलाई होम आइसोलेसनमा राखेका छौं । अस्पताल भर्ना गर्नुपर्नेलाई घरमा राखेर भएन । त्यसका लागि २० प्रतिशत बेड छुट्याउन भनेका हौं । यसले पुगेन भने थप बेड छुट्याउन भन्छौं onlinekhabar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्