सैघाली खबर,
महिलाहरुको बिहे भएको पाँच वर्ष भित्र ८२ प्रतिशत जोडीको तौल बढ्ने गर्छ । सम्बन्धमा रहने एउटा कारण पनी मन्न कुनै गार्हो छैन् । तर, यो मात्रै मोटाउनुको कारण होइन । यसका अन्य कारणहरु निम्न अनुसार छन् ।
१। यौन सन्तुष्टी
अधिकांश महिलाहरु बिहे गरेपछि यौन सन्तुष्टी पुरा भएपछि मोटाउने गरेको छन् । सन्तुष्ट नभएका महिलाहरु धेरै सोचन भएकाले पातलो हुने गरेको स्वाथ्यकर्मीहरुको भनाई छ ।
२। निन्द्रा
बैवाहीक सम्बन्धमा जोडीएपछि महिलाहरुको निदाउने समयमा बदली हुन्छ । तरिका पनि फरक हुन जान्छ । कैयौं पटक निन्द्रा पनि पूरा हुन पाउँदैन । कम्तीमा सात घण्टासम्म निदाउन पाइँदैन भने मानिस मोटाउन थाल्छ ।
३। उमेरको असर
बिहेपछि बढ्दै गएको उमेरसंगै महिलाहरुमा ‘मेटावलिजम रेट’ कम हुँदै जान्छ । यसले मानिस मोटाउँदै जान्छ ।
४। धेरै समय टिभी हेर्नु
लामो समयसम्म टिभी हेरेर बस्दा मोटोपन बढ्नमा सहयोग पुग्छ । किनकी शारिरीक कसरत हुन पाउँदैन ।
५। डाइटमा परिवर्तन
नयाँ परिवारसंगै महिलाको रुटिङ पनि परिवर्तन हँदै जान्छ । जसरी बिहेभन्दा पहिला डाइट लिइन्थ्यो त्यसरी लिन पाउँदैन्न ।
महिलाहरुले परपुरुषसँग अवैध सम्बन्ध राख्ने पाँच कारण यस्ता रहेछन
आफ्नो पति हुँदाहुँदै कतिपय विवाहित महिलाहरुले परपुरुषसँग अवैध सम्बन्ध राख्ने गर्छन । कुनै पनि परपुरुषसँग शारीरिक सम्बन्ध राख्ने इजाजत हाम्रो संस्कृतिले दिँदैन ।
तर पनि कतिपय महिलाहरु परपुरुषसँग आकर्षित हुने गरेको पाइन्छ । व्यक्तिगत रुपमा यसको कारण फरक९फरक हुनसक्छ । विभिन्न कारणहरुले गर्दा महिलाहरु परपुरुषसंग अवैध सम्बन्ध राख्ने गर्छन । यी हुन् त ती पाँच कारणहरु ।
१। पैसाको चाहनास् प्राय महिलाहरु खर्चको मामलामा पुरुषभन्दा केही अघि हुन्छन् । त्यसो त खर्च गर्नुपर्ने ठाउँहरु पनि महिलाका लाधेरै हुन्छ । सिंगारपटार, लुगाफाटो, गरगहना अनि विलाशितामा महिलाहरुको विशेष चाख पाइन्छ ।
साथीसंगीहरु ठाँटिएर हिँड्दा र विलाशी जीवन बिताउँदा स्वभाविक रुपमा उनीहरुलाई पनि लोभ्याउँछ । यस्तो अवस्थामा जब पतिले आफ्ना सानाभन्दा साना आकांक्षाहरु पनि पूरा गर्न सक्दैन, तब महिलाहरु परपुरुषतर्फ आकर्षित हुन्छन् ।
२। यौन समस्यास् कतिपय पुरुषमा के पनि समस्या हुन्छ भने उनीहरु आफ्नो पत्नीलाई यौनसम्बन्धका दौरान पूर्ण सन्तुष्टि दिन सक्दैनन् । यसमध्ये केहीमा यौन समस्या हुने गरेको पाइन्छ भने केहीले पार्टनरको फिलिङ्सलाई ख्याल नराखी सम्बन्ध राख्छन् । यसले महिलालाई पूर्णसन्तुष्टि दिन सक्दैन । अनि उनीहरु परपुरुषप्रति आकर्षित हुन थाल्छन् ।
३। एक्लोपनास् पुरुषहरु प्रायस् काममा व्यस्त हुने भएकाले घरबाहिर नै रहन्छन् । उनीहरुले पत्नीलाई पर्याप्त समय दिन सक्दैनन् । अझ हाम्रोजस्तो मुलुकमा त हजारौँ युवा विवाह गरेर विदेशिएका छन् ।
यस्तो अवस्थामा लामो समयसम्म उनीहरुबीच भेटघाटसमेत हुँदैन । यता पत्नीहरुलाई भने एक्लोपनाले सताउन थाल्छ । यौन चाहना पनि विस्तारै बढ्दै जान्छ । अनि नचाहेरै पनि उनीहरुमा विकल्पको सोच उत्पन्न हुन्छ । जसले उनीहरुलाई परपुरुषको जालमा पुर्याउँछ ।
४। पश्चिमी प्रभावस् पश्चिमी समाज हाम्रो तुलनामा निकै उदार छ । त्यहाँ विवाह र सम्बन्धविच्छेद निकै आमविषय हुन् । मन पर्दा सम्बन्ध जोड्छन्, नपरेको दिन छुट्टिन्छन् ।
यस्तो गर्दा पनि समाजले केही चासो राख्दैन । विवाह नै नगरी सँगै बस्दा पनि कसैको टाउको दुखाई हुँदैन । अहिले युवापुस्तामा त्यस्तो कल्चरप्रतिको आकर्षण निकै पाइन्छ । उनीहरु पनि त्यस्तै स्वतन्त्रता चाहन्छन् । जसले हाम्रो समाजमा गलत मानिने परपुरुष सम्बन्धतर्फ आकर्षित गराउन भूमिका खेलिरहेको छ ।
५। बढी उमेरको वा मन नपरेको जीवनसाथीस् हामीकहाँ विवाह अझै पनि आफूलेमात्र चाहेर हुने अवस्था छैन । त्यसमा परिवारको पनि स्वीकृति अनिवार्य मानिन्छ । अझै धेरैले त बाबुआमाले खोजेको वा अभिभावकले मात्र मन पराएको केटासँग विवाह गर्छन् । यस्तो अवस्थामा जीवनसाथी आफूले चाहेको र मनपराएको जस्तो नहुन सक्छ ।
कतिपय बढी उमेरका हुने गरेको पाइन्छ भने कतिपयको रुपरंग मन नपर्ने खालको हुनसक्छ । यस्तो अवस्थामा पत्नीहरु पतिप्रति विकर्षित र परपुरुषप्रति आकर्षित हुने जोखिम बढ्छ । एजेन्सी ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।