काठमाडौं / २८ साउन।
प्रदेश १ सांसद कुसुम श्रेष्ठदम्पती कोरोना संक्रमित भएका छन् ।
धनकुटाबाट निर्वाचित सांसद कुसुम र उनका पति नयन श्रेष्ठलाई कोरोना संक्रमण भएको हो ।
आवश्यक कामका लागि काठमाडौं पुगेर इटहरी फर्किएका सांसददम्पतीमा ज्वरो आएपछि परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको हो ।
सांसद श्रेष्ठले श्रीमान्–श्रीमतीलाई नै कोरोना पोजेटिभ देखिएकाले आफ्नो सम्पर्कमा आएकाहरूलाई सतर्क हुन आग्रह गरेकी छिन् ।
आफूहरू अहिले होम आइसोलेसनमा बस्ने श्रेष्ठले बताइन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।