टप फिचर

यूएईमा ५ महिनामा ११० नेपालीको मृत्यु, ६९ सवको यूएईमै अन्त्येष्टि

By Thah Online

August 12, 2020

काठमाडौं / २८ साउन। बितेको ५ महिनामा खाडी मुलुक यूएईमा ११० नेपालीको मृत्यु भएको छ ।

गएको ११ मार्चदेखि ११ अगष्टसम्म वैदेशिक रोजगारीको क्रममा यूएईमा रहेका ११० नेपालीले विभिन्न कारणले ज्यान गुमाएको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार मृत्युका प्रमुख कारण प्राकृतिक मृत्यु, कोरोनाको संक्रमण, आत्महत्या, दुर्घटना र हत्या हुन्।

यो अवधिमा मृत्यु भएका ६९ नेपालीको शव स्वदेश नल्याइ यूएईमै व्यवस्थापन गरिएको दूतावासले जनाएको छ।

परिवारको सहमतिमा उनीहरूकाे उतै व्यवस्थापन गरिएको हो । लकडाउनका कारण शव नेपाल ल्याउन समस्या भएकाेले शव उतै व्यवस्थापन गरिएको हो।

यीमध्ये केही कोरोनाभाइरका कारण मृत्यु हुनेहरु पनि छन्। कोरोनाभाइरसका कारण मृत्यु भएकाको शव अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्वदेश ल्याउन पाइँदैन ।