दाङको देउखुरीमा बोइलर कुखुराको मुल्य फेरि घट्यो 



ओमप्रकाश गुप्ता, सिसहनियाँ २९ साउन । देउखुरी क्षेत्रमा बोइलर कुखुराको मुल्य साउन २९ गते देखि लागु हुने गरी फेरि घटेको छ । देउखुरी कुखुरा पालक समुहका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा बुधबार सिसहनियाँमा बसेको बैठकले कुखुराको मुल्य घटाएको हो । अव तयारी ब्रोइलर प्रती केजी २०० रूपैयाँ र फ्रेस मासु प्रती केजी ३०० रूपैयाँ कायम गरेको छ । यस अघि जिउदो कुखुराको मुल्य २४० थियो भने  फ्रेसमासुको मुल्य ३५० रुपैयाँ कायम गरेको थियो ।

देउखुरीमा कुखुरा बढी र माग न्युन भएकोले मुल्य घटाउनु परेको समुहका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिएका छन् । साथै अध्यक्ष अधिकारीले समितिबाट लागू गरिएको मुल्यमा तयारी जिउँदो ब्रोइलर कुखुरा र फ्रेस मासुको कारोबार गर्न सम्पुर्ण किसान ,मासु ब्यबसायी,लगाएत आमउपभोक्ताहरुमा अनुरोध गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्