भारतमा एकै दिन थपिए ६६ हजार संक्रमित, ९४२ काे मृत्यु



काठमाडौँ / २९ साउन।
भारतमा एकै दिन ६६ हजार ९९९ जनामा काेराेना संक्रमण देखिएकाे छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान दिएकाे जानकारी अनुसार पछिल्लाे २४ घण्टामा ६६ हजार ९९९ जनामा संक्रमण देखिएकाे हाे।

याेसँगै भारतमा कूल संक्रमितकाे संख्या २३ लाख ९६ हजार नाघेकाे छ। मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा काेराेनाका कारण ९४२ जनाकाे मृत्यु भएकाे छ। याेसँगै मृत्यु हुनेकाे संख्या ४७ हजार ३३ पुगेकाे छ।

संक्रमितमध्ये ६ लाख ५३ हजार ६२२ संक्रिय संक्रमित छन् भने १६ लाख ९५ जना निकाे भएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्