सुन फेरि २४ सयले बढ्यो, प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार



काठमाडौँ / २९ साउन।
बुधबार प्रतितोला ६ हजार २ सय रुपैयाँले घटेको सुनको मूल्य फेरि बिहीबार प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेको छ।

मूल्य बढे संगै सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ तय भएको छ।

यसअघि बुधबार प्रतितोला ९५ हजार ४ सय, मंगलबार प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँ, सोमबार प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ थ्बियो भने आइतबार १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ८५ रुपैयाँले बढेेको छ। बिहीबारका लागि चाँदीको मूल्य १ हजार २ सय ९५ रुपैयाँ तोकिएको छ।

यसअघि बुधबार चाँदी १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्