कैलाली /२९ साउन।
जीपले मोटरसाईकललाई ठक्कर दिदा कैलालीको लम्कीमा दुई जना घाईते भएका छन्।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको सु.प.प्र ०१.००८ प २८०३ नम्बरको मोटरसाईकलाई विपरीत दिशाबाट आउँदै गरेको से १ ग १५६० नम्बरको जीपले ठक्कर दिदा मोटरसाईकल चालक लम्कीचुहा १ का लालमणी देवकोटा र मोटरसाईकलमा सवार उनकी श्रीमती लक्ष्मी देवकोटा घाईते भएका हुन्।
घाईते दुबै जनाको अवस्था सामान्य रहेको लम्कीस्थीत लालरत्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।