रोम थापा, दाङ /२९ साउन ।
घोराही उपमहानगरपालिका वडा नं १९ रालबाङ खोलामा स्थानीयले काठको पुन निर्माण गरेका छन ।
वर्षै पिच्छे खोला वारपार गर्दा जोखिम मोलेर आवतजावत गर्नु पर्ने भएकाले यो वर्ष खोला तर्न काठको पुल निर्माण गरेको भयरथान टोल विकास संस्थाका अध्यक्ष केशर बहादुर पुनले बताए।
यहाँका स्थानीयलाई मात्र नभएर यो बाटोमा आवतजावत गर्नेहरुलाई पनि सहज भएको पुनले बताए ।
आवस्यकता नै परेपछि सरकारको मुख ताक्न नपर्ने गतिलो उदाहरण यस टोलले दिएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।