ट्राभल च्वाइस अवार्डबाट हायात होटल सम्मानित



काठमाडौं /२९ साउन ।
हायात रिजेन्सी होटल काठमाडौं अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।

विश्वकै सबैभन्दा ठूलो ट्राभल प्लेटफर्मको रुपमा रहेको ट्रिप एड्भाइजरले हायातलाई १८ औं ट्राभल च्वाइस अवार्डबाट प्रदान गर्ने घोषणा गरेको हो । सो अवार्ड पर्यटन र हस्पिटालिटी क्षेत्रको पुनरुत्थानका लागि गरेको सहयोगको प्रयासस्वरुप प्रदान गरिएको समेत जनाइएको छ ।

ट्रिप एड्भाइजरको प्लेटफर्ममा महामारीका सन्दर्भमा आएका विचार, दृष्टिकोण र रेटिङलाई आधार बनाएर तय गरिएको हो । सो प्लेटफर्ममा ८७ लाख पर्यटन र भ्रमणसम्बद्व व्यवसायिक संस्था दर्ता भएका छन् । यो अवार्ड सेवा र गुणस्तरको एउटा उपयुक्त परीक्षण भएको दाबी समेत आयोजकले गरेको छ ।

यसअघि पनि हायातले यस्तो अवार्ड जित्दै आएको थियो । सन् २०१८ र २०१९ मा हायातले हल अफ फ्रेम अवार्ड, सन् २०१७ मा ट्राभलर्स च्पाइस अवार्ड तथा सन् २०१६ मा सर्टिफिकेट अफ एक्सिलेन्स अवार्ड समेत प्राप्त गरेको थियो ।

काठमाडौंको चाबहिल चुच्चेपाटीमा रहेको हायात रिजेन्सी होटल २८० रुम र बँगैचासहित फैलिएको पाँचतारे डिलक्स होटल हो । यहाँबाछ बौद्धनाथ स्तुपा र हिमालय पर्वतको दृश्यावलोकन गर्न समेत सकिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्