समुदायलाई कोरोनाबाट जोगाउन भन्दै मास्क बाड्न सडकमा आएका ती श्रेष्ठ



टेकबहादुर पुन, साउन २९

दाङ । हेर्दा सामान्य, बच्चादेखी बृद्दा सम्मका लाई एउटै ब्यबहार । समुदायलाई कोरोनाबाट बच्न बचाउन दैनिक मनमा कुरा खेल्छन् उनको । एउटै कुराले पोल्छ उनको मन, ताकी जनचेतना कसरी फैलाउने भनेर!
रत बिहानकै झुसमुसेमा हातमा मास्क बोकेर निस्कन्छन् उनी । यसरी दिनहुँ लमही नगर अन्तरगतका हाईबे सडक तथा बजार हरुमा मास्क नलगाई हिँड्ने सर्बसाधारणको खोजीमा रहने उनै हुन रत्न प्रसाद श्रेष्ठ ।

उनलाई अचेल एउटै कुराले पिरोल्छ, कतै हाम्रो समुदायमा कोरोनाले महामारी रुप त लिने होईन! कतै आम नागरिक कोरोनाको सिकार हुने त होईन!

त्यसैले उनी अचेल मास्क नलगाएर हिँड्ने सर्बसाधारण हरुलाई खोज्न बजार तथा गाउँका गल्ली गल्ली धाँउछन् । बिच सडकमै उभिएर सवारी साधन रोक्छन्, मास्क नलगाएका यात्रु अनि चालकहरुलाई कोरोना संक्रमणबाट जोगिन मास्क प्रयोग गर्न सुझाउँछन् अनि मास्क लगाउनुस भन्दै दिन्छन् ।

बृद्दबृद्दा आमा बुवालाई मास्क यसरी लगाउनुस है भन्दै आफै लगाईदिएर सहयोग पनि गर्छन । बजार तथा गल्लीमा पैदल हिँडिरहेका मास्कविहीन सर्वसाधारणहरु पनि उनको नजरमा पर्छन् । सबैलाई मास्क दिँदै उनी भन्छन् ‘कोरोना जोखिमबाट सतर्क रहनुहोला है ।’

सरकारले मास्क नलगाएर हिँड्नेहरुलाई कारवाहीको घोषणा गरेको छ । तर लकडाउन हटेपछि अचेल मास्क नलगाउनेको संंख्यामा बृद्दी हुँदैछ । सरकारले गरेको निर्णयलाई मान्नुपर्ने सुझाउँदै मास्क बितरण अभियानसहित सडकमा निस्किएका हुन् लमही ५ का रत्न प्रसाद श्रेष्ठ ।

अभियानमा उनलाई प्रहरी र साथीभाईको पनि राम्रो साथ मिलेको छ । उनी भन्छन् म एक्लैले यो सम्भव छैन, मलाई वडा प्रहरी लमही, ट्राफिक प्रहरी र तमाम् साथीभाईको राम्रो साथ मिलेको छ ।
‘सरकारले मास्क प्रयोग गर्नुस भनेको पक्कै हाम्रै लागि हो तर, हामीबाट मास्क प्रयोग हराउँदै गएको छ श्रेष्ठले भने-कोरोनाको जोखिम अझै बढ्दै छ, मास्कको प्रयोग अनिवार्य छ है भन्ने चेतना फैलाउनु मेरो उद्देश्य हो ।’

उनले बाटोमा हिँड्ने हरुलाई मात्र मास्क बितरण भने गरेनन् । लमही नगर पालिका अन्तरगत अग्रपँक्तिमा रहेर काम गर्ने सुरक्षा निकाय, स्वास्थ्य निकाय, सरकारी कार्यालय, पत्रकार र सँघसँस्था हरुलाई पनि आबस्यक्ता अनुसार मास्क सहयोग गरेका हुन् । स्थानिय सरकारले गर्न नसकेको काम एउट ब्यक्तिले गरेको भन्दै सर्बसाधारण पनि अचम्मित परे । सरकारमा तपाईं जस्तै नेतृत्वको आबस्यक छ, यहाँ त बोल्ने धेरै काम थोरै गर्ने मात्र भए नर्ति निवासी उषा चौधरीले भनिन्-कोरोना सामान्य लाग्थ्यो, अब सधै मास्क लगाउँछु ।’

लमही नगरको पुर्ब नर्ति देखि पश्चिम अमिलिया सम्मका प्रत्यक स्वास्थ्य सँस्था, सुरक्षा निकाय तथा सँघसँस्थामा मास्क सहयोग गर्ने उनको अभियान छ ।

श्रेष्ठले लकडाउन खुलेपछि मात्रै मास्क अभियानको थालनी भने गरेका हैनन् । उनको यो अभियान लकडाउन अगाबै बाट हो । गत चैतको ११ गतेबाट देशमा लकडाउन भएसँगै पैदल हिँडेर गन्तब्यमा पुग्न सास्ती भोगिरहेका पैदल यात्रु हरुलाई पनि मास्क दिँदै आफ्नै खर्चमा गाडीको ब्यबस्था गरि गन्तब्यमा पुर्याएका तमाम् उदाहरण हरु छन् । लकडाउनका बेला कोरोना संक्रमणको जोखिम उच्च मानिएको थियो । आमनागरिक कोरोना त्रासका कारण घरमै खुम्चिएका थिए ।

तर त्यो जोखिमका बेलापनि श्रेष्ठ पैदलयात्रुको सहयोगका लागि बजार तथा हाईबेका चोकचोकमा निस्किए । कोरोना संक्रमणको त्रासका बेला यसरी अभियानमा निस्केका श्रेष्ठलाई घरपरिवारले पनि कहिल्यै रोकेन । ‘मलाई मेरो परिवारले बाहिर निस्कन रोकेको भए मेरो अभियानमा पक्कै सफल हुने थिएन,’ उनले भने ‘तर, कोरोना संक्रमणबाट जोगाउने मेरो अभियान परिवारले बुझ्यो, म सफल हुनुमा परिवारको उल्लेख्य हात छ ।’

यसरी आफ्नो समुदायलाई कोरोना जोखिमबाट जोगाउन सधै अभियानमा रहेका रत्न प्रसाद श्रेष्ठ देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष समेत हुन ।

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्