यस वर्षको तीज घर घरमै मनाउन सिसहनियाँ उवा संघको अाग्रह



ओमप्रकाश गुप्ता , सिसहनियाँ २९ साउन । दाङ देउखुरीको सिसहनियाँ उद्योग बाणिज्य संघले यस वर्षको तीज पर्व घर घरमै मनाउन महिला दिदीबहिनीहरूलाई अाग्रह गरेको छ । विहिवार संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षतामा बसेको बैठकले निर्णय गर्दै सो अाग्रह गरेको हो । साथै बैठकले चाडपर्बलाई मध्यनजर गर्दै अर्को सुचना नहुदा सम्म सुरक्षित रहदै शनिवार पनि उद्योग ब्यवसाय सञ्चालन गर्ने निर्णय गरेको छ ।

उद्योगी ब्यवसायीहरुको हितका कार्य गर्दै उपभोक्ताको हकहित समेत संरक्षण गर्ने प्रतिबद्धता अनुसार कार्य गर्न समेत संघले अनुरोध गरेको छ  । पछिल्लो समय नेपालीहरुको महत्वपुर्ण चाडपर्ब आईरहेको र कोभिड १९ को जोखीम समेत बढिरहेको अवस्थामा सुरक्षित रहदै उद्योग ब्यवसाय सञ्चालन गर्न सम्पुर्ण उद्योगी ब्यवसायीहरुलाई संघले अनुरोध समेत गरेको महासचिव ईश्वरी अधिकारीले जानकारी दिएका छन् ।

सिसहनियाँ उद्योग बाणिज्य संघको पहलमा राप्ती गाउँपालिका तथा आन्तरिक राजश्व कार्यालय तुल्सीपुरद्धारा ब्यवसाय नविकरण तथा प्यान नविकरणकोे केहि समय अगाडि सञ्चालन गरेको शिविरको समिक्षा समेत गरिएको सचिव मदन पोख्रेलले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्