राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नेको लहर – दाङमा दुई दर्जन बढी युवाहरू प्रवेश



ओमप्रकाश गुप्ता, दाङ २९ साउन । दाङमा यति बेला युवाहरू राष्ट्रिय जनमाेर्चा तर्फ आकर्षित देखिएका छन् । काेराेना महामारीका बाबजुट समेत युवाहरूकाे पार्टी प्रवेशकाे लहर नै चलेकाे छ । बिहिबार दाङकाे घोराही उपमहानगरपालिका वडा नम्बर ३ का दुई दर्जन बढी युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छ्न् । अखिल नेपाल युवक संघ घोराही उपमहानगर समितिले एक कार्यक्रमको आयोजना गरी युवाहरुलाई पार्टीमा प्रवेश गराएको हो । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले विभिन्न समयमा युबाहरुलाइ भेट गरी मोटिभेसन मार्फत राष्ट्रिय जनमोर्चामा प्रबेश गर्ने बताबरण निर्माण भएको बताईएकाे छ ।

अखिल नेपाल युवक संघ नगर उपाध्यक्ष सुमन घर्तीको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा आखिल नेपाल युवक संघका पूर्ब केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेल र राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्यले मन्तब्य राखेका थिए । सोही कार्यक्रमबाट वडा नम्बर ३ वडा समिती समेत गठन भएको छ । समितिको अध्यक्षमा निरज बिक उपाध्यक्षमा अनिल बिक सचिबमा प्रबिन नेपाली, सह-सचिबमा निरज नेपाली कोषाध्यक्षमा जनम नेपाली रहेका छन् । त्यस्तै नव गठित समितिकाे सदस्यहरुमा मदन नेपाली, होमबहादुर सुनार, सन्दिप नेपाली, सागर बिक, हेमन्त बिश्वकर्मा र केदार नेपाली रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्