४२ औ हप्ताको सरसफाइ सम्पन्न



llllllkkkkkkkkkkk
जेष्ठ २३ दाङ
दाङको तुलसीपुरमा संचालन भएको क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियान आज मंगलवार देखि ४२ हप्तामा प्रवेश गरेको छ ।। सरसफाई अभियानमा हरेक हप्ता सहभागी हुदै आएका सामाजिक अभियान्ताले कुनै पनि हालतमा यो अभियान नरोकिने प्रतिक्रिया दिएका छन् । तुलसीपुरको विरेन्द्रचोकमा औपचारिक कार्यक्रम गरेर अभियानको शुरुवात गरिएको सरसफाई अभियान आज विरेन्द्र चौकको नजिकै रहेका मठमन्दिरहरुमा
सरसफाई गरिएको तुलसीपुर उद्योग वाणिज्य संघ का अध्यक्ष एवं सरसफाई अभियानका संयोजक विमल रिजालले जानकारी दिनुभयो । उहांका अनुसार विरेन्द्र चौक आसपासमा रहेका जय माँ अम्वादेवी रतननाथ मन्दिर र संकट मोचन हनुमान मन्दिर परिसरमा सरसफाई गरिएको छ ।मगलवार मौसम प्रतिकुल नभए पनि विभिन्न सामाजिक अभियान्ताहरु हातहातमा छाता र झाडु लिएर मन्दिर परिसरमा सरसफाई र उल्लेखनिय सहभागिता जनाएका छन । मंगलवार सरसफाई अभियानको नेतृत्व गरेको दाङ फेमिना ग्रुप की संयोजक संगिता ढकालले कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । उहांले यो सरसफाई अभियान सबैका लागि अनिवार्य महत्वपूर्ण रहेको भन्दै सबैले यसमा सहयोग गर्नु वताईन उनले आफूहरु प्रत्येक हप्ता सरसफाई अभियानमा सहभागी हुने भन्दै सबै नगरवासीलाई उपस्थितीका लागि समेत अनुरोध गरेकी छन् । कार्यक्रमको सहजिकरण वाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मी र सचिव मिनराज भण्डारीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्