कृष्णबहादुर बोहराको अन्त्येष्टि : श्रीमती भन्छिन हत्यामा अरुको पनि संलग्नता छ (भिडियो)



सीता रेग्मी,काठमाडौं /३० साउन।
गत साउन २५ गते हत्या भएका रोल्पा स्थायी घर भई दाङ बसाइँसराइँ गरेर हाल काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको साउन २९ गते अन्त्येष्टि गरिएको छ।

कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर महिलाका निर्वस्त्र तस्बिरहरू राख्न थालेको पछि कल्पना मुडभरी पौडेलले कृष्णबहादुरलाई रक्सीमा हालेर स्लिपिङ ट्याबलेट खुवाएको र सुतेपछि अण्डकोषमा हानेर हत्या गरेकी थिइन्।

हत्यापछि शव व्यवस्थापन गर्न भण्डारीले टाउको र खुट्टा काटेकी थिइन्। अनुसन्धानमा हत्याको मुख्य कारण यौन शोषण र नांगो तस्बिर फेसबुकमा हालेको भन्ने खुलेको थियो।

हत्यामा कल्पाना एक्लै थिइन् या अरु पनि संलग्न थिए भन्ने कुराको प्रहरीले दोस्रो चरणको अनुसान्धान सुरु गरेको छ।

तर कृष्णबहादुर बोहराकि श्रीमती र आफ़न्तले भने हत्यामा कल्पना मात्र नभएर अरु पनि संलग्न भएको आशंका ब्यक्त गरेका छन्।

हाम्रो थाहा अनलाइन तथा थाहा टिभीको टिमले कृष्णबहादुर बोहराकि श्रीमति र उनका आफन्त सँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरेका छौं। हेरेर कमेन्ट गर्नुहोला…

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्