देउखुरीका १५ सामुदायिक वन निश्कृयको सुचीमा



श्रवण बस्नेत /ओमप्रकाश गुप्ता , सिसहनियाँ ३० साउन । देउखुरीमा रहेका ५८ सामुदायिक बन मध्ये १५ वटा सामुदायिक बन निश्कृयको सुचीमा रहेका छन् । लमही नगरपालिका र राप्ती गाउँपालिका भित्रका ४८ सामुदायिक बन मध्ये १५ सामुदायिक बनहरुमा अार्थिक नभएकोले निश्कृृय भएको रहेकाे नर्ती सामुदायिक वन समन्वय समितिले जनाएको छ ।

निश्कृय सामुदायिक वनहरुले सदस्ययता नबिरण भरि गराउने गरेका तर साधारणसभा तथा अधिबेशन भने अहिले सम्म नगराउने गरेकाे र सम्पर्क बिहिन अबस्थामा रहेकाे नर्ति  समन्वय समितिकि कार्यालय सचिब अाशा चौधरी जानकारी दिएकी छिन् । राजनीतिहावी भएको कारण र कतिपय सामुदायिक वनहरुमा अार्थिक नभएको कारण सभा तथा अधिबेशन नगरिएको बताउने गरेका छन् ।

सामुदायिक बनहरुलाई पटकपटक सभा तथा अधिबेशन गर्न भने पनि उनीहरूले बेवास्ता गरेको सचिब चौधरीकाे भनाई छ।सामुदायिक वनमा अार्थिक नहुदा कतिपय सामुदायिक बनहरु अाफै संरक्षण गरेका छन् त कतिपयले बन हेरालु राख्न नसक्ने अबस्थामा छन् भने कतिपय सामुदायिक बनहरुमा अाार्थिक भएपनि राजनीतिकाे अाँडमा त्यहाँ रहेकाे सामुदायिक बनमा नत सभा नत अधिबेशननै हुन सकेकाे छैन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्