साउन ,३० दाङ
घोराही मुर्कुटी सडक खण्डमा कालोपत्रे गर्ने ठेक्का लिएको जलजला निर्माण सेवा प्रा.लिको गैर जिम्मेवारीपनका कारण घोराही मुर्कुटी सडक निर्माणको काम लथालिङ्ग अवस्थामा पुराईदिएको छ । यस सडक खण्डको तापाचोक देखि हर्नोक वजार सम्मको सडक खण्डमा गुणस्तरहिन कालोपत्रेको वेस वसाल्ने काम भएको छ ।
असारको महिनामा तापाचोक देखि हर्नोक वजार सम्म निर्माण गरेको कालोपत्रे वेस १ महिना नपुग्दै भताभुङ्ग भएको छ । जलजला निर्माण सेवा प्रा.लिले पहिले यस सडकमा पहिले देखिनै गुणस्तरहिन कच्चापदार्थहरु प्रयोग गर्दै गुणस्तरहिन काम गर्दै आएको छ ।
अहिले पनि कालो पत्रेको वेस निर्माण गरेको स्थानमा स्थानिय माटो र ढुङ्गा प्रयोगमा लिएको थियो । खोलाको छर्री प्रयोग नगरी स्थानिय कच्चा पदार्थ प्रयोग गर्दा कालोपत्रेको वेश गुणस्तरहिन हुन पुगेको हो ।
उसले घोराही मुर्कुटी प्युठान सडक खण्डको कालोपत्रेको काम दुई वर्ष भित्र गरी सक्ने गरी ठेक्का सम्झौता गरेको भएपनि लाहपर्वाहीले अहिले सयौँ नागरिकले सास्ति खेप्नु परेको छ ।यस सडक खण्डमा सडकको अवस्था विग्रदाँ सवारी आवागमनमा समस्या भएको छ ।
नागरिकलाई सास्ति भएको छ । भने ठेकेदारको लापर्वाहीका कारण राज्यको करडौँ रकम वालुवामा पानिहाले जस्तो हुन पुगेको छ । अहिले सो सडक भएर २ सय बढी ट्रीपरहरु संचालनमा आईरहेका छन् । तर पनि सिमेन्ट कम्पनिहरु पनि यो सडक खण्डको स्तरउन्नतिका लागि कुनै कदम उठाएका छनन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।