सैघाली खबर,
काठमाडौं १ पुस। आगामी चैतदेखि २० वर्ष आयु पार गरिसकेका सबै सार्वजनिक सवारीलाई देशैभरि गुड्न नदिने गरी प्रतिबन्ध लगाउने भएको छ । यातायात व्यवस्था विभागले यस्तो गर्न लागेको जानकारी दिएको छ । यो निर्णय भने इलेक्ट्रिक र ग्यास टेम्पोरमाइक्रोको हकमा प्रतिबन्ध लागू हुनेछैन ।
ग्रमीण सडकमा २० वर्ष पुराना सार्वजनिक सवारीको बिगबिगी बढेपछि यसो गरिएको हो ।
अटेर गरेर त्यस्ता गाडी गुडाइरहे व्यवसायीलाइ हदै सम्मको कारवाही गर्ने विभागका प्रवक्ता डा। टोकराज पाण्डेले बताए ।
सरकारको निर्णयअनुसार आउँदो चैतदेखि २० वर्षे पुराना सवारीलाई कुनैपनि रुटमा चल्ने इजाजत नदिइने विभागले बताएको छ । अहिले प्रत्येक ४(४ महिनामा सार्वजनिक सवारीले रुट नवीकरण गर्नुपर्ने व्यवस्था छ ।
चैतपछि २० वर्ष आयु नाघेका सबै किसिमका सवारी करहरु समेत नबुझिने पाण्डेले जानकारी दिए ।उनले भने, प्रक्रिया पुरा गरेर चैत ३० गतेपछि २० वर्ष चलिसकेका सवारीलाई प्रतिवन्ध लगाउँछौं ।’
पुराना सवारीको नामसारी पनि रोकिने र विक्री वितरणमा पनि प्रतिवन्ध लगाइने भएको छ ।
कवाडीमा बेच्नुपर्ने झन्डै ५ हजार सार्वजनिक सवारी गुडिरहेको अनुमान विभागको छ । तर, एकीन तथ्यांक नभएकाले यो संख्या १० हजारसम्म हुन सक्ने अनुमानन उपभोक्ताकर्मीको छ ।
थियो । मन्त्रिपरिषदको यो निर्णय ०७१ फागुन १८ गते राजपत्रमा प्रकाशित भएको थियो ।
निर्णयमा २ वर्षभित्र २० वर्ष आयु पुगेका सबै सार्वजनिक सवारीलाई विस्थापन गरिसक्ने उल्लेख छ

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।