काठमाडौँ /३० साउन।
पछिल्लो २४ घण्टामा नेपालमा ५९४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।
नेपालमा अहिले संक्रिय संक्रमित ७ हजार ९१३ रहेका छन्। पछिल्लो २४ घण्टामा ११ हजार ५७५ जनाको पीसीआर परीक्षण भएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २४० जना डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १७ हजार ७७ पुगेको छ।
त्यस्तै कोरोनाका कारण मृत्यु हुनेको संख्या ९९ पुगेको छ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।