समानुपातिकको झण्डै ९४ लाख मतगणना सकियो, एमाले १ नम्बर



सैघाली खबर,
काठमाडौं –।मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

पछिल्लो विवरण अनुसार, हालसम्म ९३ लाख ७२ हजार ५४४ मतगणना सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

उनका अनुसार अनुसार ७५ जिल्लाको मतगणना कार्य सकिएको छ भने अब सुनसरीको क्षेत्र नं। ३ तथा सर्लाहीको क्षेत्र नं। २, ३ र ४ मात्रै गन्न बाँकी रहेको छ ।
मत परिणाम अनुसार, नेकपा एमाले ३१ लाख ३३ हजार २०३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ ।

यस्तै नेपाली काँग्रेसले ३० लाख ७१ हजार ५१२, नेकपा ९माओवादी केन्द्र० ले १२ लाख ७४ हजार ८८४, संघीय समाजवादी फोरम, नेपालले ४ लाख ६० हजार ८४, राष्ट्रिय जनता पार्टी, नेपालले ४ लाख ४८ हजार ६११ मत ल्याएका छन् । यी दलले थ्रेस होल्ड कटाएका छन् ।

यस्तै विवेकशील साझा पार्टीले २ लाख ११ हजार ५३४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९३ हजार ९८३, राष्ट्रिय प्रजातान्त्रिक पार्टी ९प्रजातान्त्रिक० ले ८७ हजार ६०७, नयाँ शक्ति पार्टी, नेपालले ८० हजार ७४४, राष्ट्रिय जनमोर्चा ६२ हजार ४७ र अन्य दलले ३ लाख ४८ हजार ३३५ मत प्राप्त गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्