बाल संरक्षण कार्यक्रमको समिक्षा



सैघाली खबर,
तुलसीपुर,१ पुस।तुलसीपुर उपमहानगरपालिकामा सञ्चालित बाल श्रम तथा बाल संरक्षण कार्यक्रमलाई झनै प्रभावकारी बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । कार्यक्रमको समिक्षाका लागि शुक्रबार आयोजना गरिएको समन्वय बैठकका सहभागीहरुले बाल विवहा र बाल श्रमलाई पूर्ण रुपमा अन्त्य गर्नकालागि कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिएका हुन् ।

कार्यक्रममा सहभागी होटल व्यवसायी समिति, यातायात व्यवसायी समिति, शिक्षा, स्वाथ्य, बाल क्लव लगायत क्षेत्रका प्रतिनिधीहरुले तुलसीपुरमा पहिलेको तुलनामा बाल श्रमिकको संख्यामा कमी आएको भएपनि अझै निमूह हुन नसकेको भन्दै अनुगमन र कारवाहीको पाटोलाई प्रभावकारी बनाउन सुझाव दिएका थिए । उनीहरुले सबैको प्रयासमा होटललाई बाल श्रमिक मुक्त घोषणा गरिएपनि कुनै कुनै होटलमा बाल श्रमिक रहेकाले अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गरेको थिए ।

सहभागीहरुले सार्बजनिक सवारीका साधनमा बालबालिकाहरुको प्रयोग नरोकिएको, बाल विवाह चुनौतिका रुपमा देखा परेको, विद्यालय छाड्नेहरुको संख्या बढिरहेको जस्ता कारण बाल संरक्षणमा चुनौति थपिएको बताएका थिए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाले बाल संरक्षणका क्षेत्रमा गरेका कार्यका बारेमा सुचना अधिकारी झरेन्द्र र नबजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्य सिपीसी) ले गरेका गतिबिधिका बारेमा सचिव नानीमैयाँ वलीले जानकारी गराएका थिए ।

न्यु सिपीसीका सञ्चार संयोजक नारायण भण्डारीको सञ्चालनबाट सुरु भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नंं. ५ का सदस्य मधु सुनार, सिविसका बाल संरक्षण अधिकृत भरत अधिकारी, राप्ती बस ब्यवसायी समितिका निरज केसी, तुलसीपुर उद्योग बाणिज्य संघका कार्यालय सचिव पारेश्वर भट्टराई, तुलसीपुर नगर जेसिजका सदस्य बसन्त भण्डारी लगायतले सुझाव तथा टिप्पणी राखेका थिए । कार्यक्रममा न्यु सिपीसीका कार्यक्रम संयोजक भिम खत्रीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्