रसियापछि बेलायतले पनि कोरोना खोप निर्माण गर्‍यो



एजेन्सी / ३१ साउन ।
बेलायती फार्मास्यूटिकल कम्पनी फाइजरद्वारा निर्माण गरिएको कोभिड १९ खोपले प्रारम्भिक क्लिनिकल परीक्षणमा सुरक्षा र प्रभावकारिता परीक्षण सफलताका साथ पार गरिसकेको छ ।

बेलायत सरकारले खोपको ३० करोड डोज निर्माण गर्न आदेश दिएको छ । कोभिड भाइरस रोक्नको लागि अत्यन्त आशाजनक ठानिएको यो अर्को खोप हो ।

न्यूयोर्कमा स्थित फाइजर कम्पनी, अमेरिकाका विश्वविद्यालयहरू र अस्पतालहरूले गरेको यस इन्जेक्सनको प्रारम्भिक मानव परीक्षणले आशाजनक नतिजा उत्पादन गरेको छ। खोप प्राप्त गर्ने मानिसहरूको प्रतिरोध क्षमतमा पहिलेको भन्दा सुधार आएको छ ।

खोप परीक्षण गरिएका मानिसहरुमा यसको कुनै खतरनाक साइड इफेक्टहरू देखा परेन तर केहीले भने सामान्यतया टाउको दुख्ने र थकान महसुस गरेको गुनासो गरेका थिए ।

फाइजरले निर्माणको प्रयास गरिरहेको यो खोपको नाम बीएनटी १६२ बी१ राखिएको छ । यस खोपको परीक्षणले एक आशाजनक नतिजामा देखाएको छ ।

बेलायतको अक्सफोर्ड युनिभर्सिटी र इम्पीरियल कलेज लन्डनले बनाएको खोप समेत मानव परीक्षणमा सफल हुने प्रारम्भिक संकेत देखिएको छ ।यो खबर आजको समाचार पत्रले उल्लेख गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्