अन्तरवार्ता

भाडामा बस्नेले मलाइ घरनिकाला गरे भन्दै घरबेटी मिडियामा (भिडियो)

By थाहा अनलाइन

August 15, 2020

काठमाडौं / ३१ साउन । नैकापमा भाडामा बस्नेले घरबेटीलाई घर निकाला गरेका छन्। घरबेटी एकल महिला हुन्।

उनका दुइ छोरीको बिहे भै सक्यो। उनका एक छोरा भने अहिले पढ्नका लागि विदेश गएका छन्।

पैसाको कारोबार नमिलाएको भन्दै आफुलाई घर निकाला गरेको ति महिलालले बताएकी छिन। घर एक बर्षपछि फिर्ता लिने गरि आफुले भाडावालको नाममा पास गरेको तर भाडावालले मेरो घरबाट निस्की भन्दै निकालेको महिलाको भनाई छ।

तर भाडावाल भनिएका अहिलेका घरबेटीले भने आफुले त्यसरी जबर्जस्ति ननिकालेको स्वीकार गरेका छन्। ति महिलाले बोलेको कुरा सबै झुटो भएको बताएका छन्। पिडित भनिएकी घरबेटी र भाडावाल भनिएका अहिलेका घरबेटीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।