तिर्थराज ज्ञवाली,दाङ / ३१ साउन ।
सिसहनिया उद्योग बाणिज्य संघ सिसहनियाले हरितालिका तिज घरमै रहेर मनाउन सबैमा अनुरोध गरेको छ ।
बढ्दो कोरना कहरको बेला आगामी हरितालकिा तिज कसरी मनाउने भन्ने वारे गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले दिएको सल्लाह तथा सिसहनिया उद्योग बाणिज्य संघको आब्हान अनुसार यस पालीको तिजमा घरमै रमाएर कोरना कहरलाई भगाउन अनुरोध गरिएको छ ।
विगतका वर्षमा नियमित रुपमा तिजको अवसरमा कार्यक्रम ब्यवस्थापन गरि सिसहनियामा देउखुरी क्षेत्रकै आकर्षक नृत्य स्थलको रुपमा ब्यवस्थापन गर्दै आएको सिसहनिया उद्योग बाणिज्य संघ सिसहनियाले औपचारीक रुपमै कार्यक्रमको आयोजना गरि नागरिकलाई घरमै रमाउन अनुरोध गरेको महासचिव ईश्वरि अधिकारीले बताउनु भएको छ ।
संघका अध्यक्ष शान्तराज भण्डारीले यस वर्ष सुरक्षित रहन सक्यौ भने आगामी वर्षमा पुःन खुलेर चाडपर्व मनाउन सकिन्छ भन्दै अन्तरक्रिया कार्यक्रममा सबैलाई सुरक्षित रहन र कोरना संक्रमण वाट बच्ने उपाय अवलम्वन गर्न अनुरोध गर्नु भएको छ ।
संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षता तथा प्रगतिनगर साना शहरी खानेपानी आयोजनाका अध्यक्ष एवं सिसहनिया बजार ब्यवस्थापनका पुर्व अध्यक्ष शान्तराज पन्थिको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरूले यस वर्षको तीज पर्व आफ्नै घरमै बसेर मनाउन महिला दिदीबहिनीहरू र आम नागरिकमा अनुरोध समेत गर्नुभएको छ ।
सिसहनिया उद्योग बाणिज्य संघ सिसहनियाका उपाध्यक्ष युवराजसेन ठकुरीको स्वागत मन्तव्यबाट सुरू भएको अन्तरक्रियामा वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावत, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ५ का सदस्य ठाकुरप्रसाद सुवेदी, संघका निवर्तमान अध्यक्ष पुर्णबहादुर बुढाथोकी, प्रहरी चौकी सिसहनियाँका प्रमुख गोपाल मल्ल ,कालापानी टोल विकास समितिका अध्यक्ष देवप्रसाद चौधरी, रेडक्रसका सदस्य गोविन्द कुँवर, स्वास्थ्य शिक्षा सामुदायिक स्वास्थ्य संस्था अध्यक्ष तथा निलसागरका संरक्षक प्रकाश विष्ट, संघका महासचिव ईश्वरीप्रसाद अधिकारी, सिसहनिया चेम्बर अफ कमर्शका अध्यक्ष कुमार अधिकारी, प्रगतिशील टोल विकास समितिका अध्यक्ष गंगा केसी, सिसहनिया उद्योग बाणिज्य संघ सिसहनियाका प्रेस सल्लाहकार तिर्थराज ज्ञवाली, स्वमसेविका एवं महिला नेतृ श्यामा रावत, पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले हरितालिका तिजको शुभकामना सहित घरमै रहेर यसपालिको तिज मनाउन सबैमा अनुरोध समेत गर्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा सिसहनिया उद्योग बाणिज्य संघ सिसहनियाले चाडपर्बमा मदिरा सेवन गरि हल्लाखल्ला नगर्न तथा समाजमा अशान्ति फैलने काम नगर्न समेत सबैमा अनुरोध गरेको छ । साथै यस्ता घटना देखीएमा तुरुन्त प्रहरिलाई खवर गर्न समेत अनुरोध गदै संघले आफ्ना मातहतका ब्यापारी उद्योगीहरुलाई जिल्ला प्रशासन कार्यालयको पछिल्लो निर्णय अनुसार साझ ७ बजेदेखी विहान सम्म आफ्ना ब्यवसाय बन्द गरि कोरना कहरलाई न्युनिकरणमा सहयोग गर्न आब्हान गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।