सिन्धु घाँटीको सभ्यता भनेर रसियनहरुले अहिलेको इरान भएको ठाउँ र त्यो भन्दा पारी बस्ने सनातन संस्कार भएका ब्यक्तिहरुलाई भन्दै आएका थिए । जसलाई हिन्दु भनेको पाइन्छ । तर त्यसबारेमा चारवेदमा कहीँपनि उल्लेख छैन । एघारौं शताप्दीको अन्त्यतिर भारतीय उपमहाद्धीपमा गैरमुस्लिमलाई जनाउन हिन्दु शब्द प्रयोग भएको देखिन्छ । सिन्धु नदीको किनारबाट आएका मान्छेहरुले आफूलाई हिन्दु दावी गरेका हुन् ।
सिन्धु सभ्यता नै हिन्दुको जग हो । त्यतिबेलाका नेपालका शासक चन्द्रशमशेर र जुद्धशमशेर नेपालबाट बुद्ध धर्म निर्मुल गर्न चाहन्थे । भारतमा जस्तै यहाँ पनि बौद्ध धर्मग्रन्थ नष्ट गर्ने योजना बनेको थियोे । बौद्ध ग्रन्थहरु जल्न थालेका थिए । बेलायती नागरिक ब्रायन हड्सनले नेपाली शासकसँग ती ग्रन्थ नजलाउन अनुरोध गरेका थिए । जानकारहरुका अनुसार ती ग्रन्थहरु त्यतिबेलै बेलायत पुगेको हुन सक्छन् । बेलायतीहरु आधुनिक विश्वमा अग्रणी हुनुको कारण नेपालबाट ती ग्रन्थहरु बेलायत पुग्नाले हो भनेर समेत भन्ने गरिन्छ ।
नेपाली शासकहरुले त्यतिबेलाका भिक्षुहरु महाप्रज्ञा, महाचन्द्र महाज्ञान ,महाबिर्य, महाशान्तिलाई देश निकाला गर्न खोजेका थिए । देश निकाला गर्न नसकेपनि गृहस्थ फर्किन बलजफ्ती भएको थियोे । सांसारिक मोहबाट मुक्त ती भिक्षुहरुले आफू नखाइ बस्न सक्ने तर सांसारिक गृहस्थमा नफर्किने अड्डी कसेका थिए ।
ती हिनयान समुदायका भिक्षु थिए । राणा शासकहरु नेपालमा हिन्दु बाहेक अरु धर्मलाई यहाँबाट धपाउने योजनामै थिए । त्यो योजना अन्तरगत नेपालमा रहेको धेरै ग्रन्थ जलेको आशङ्का गरिन्छ । ती धर्मग्रन्थ जलेपछी बुद्ध धर्म मान्ने हजारौं मान्छेको मनमा गहिरो चोट परेको थियोे । नेपाली शासहरुमा अहिलेसम्म पनि बुद्ध धर्मप्रति सकारात्मक सोंच विकास हुन सकेको छैन ।
भारतले पटकपटक बुद्ध आफ्नो देशमा जन्मिएको दावी गरिरहँदा नेपाल सरकार मौन रहनुले यसलाई थप पुष्टि गर्छ कि बुद्धप्रति सत्तामा बस्नेहरु नकारात्मक छन् । हामी जसरी यो इतिहास पढछौं तव मनमा एकप्रकारको तरङ्ग उठ्छ । मन खिन्न हुन्छ । आफ्नो गुमेको गर्विलो इतिहासप्रति श्रद्धा उत्पन्न हुन्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।