सहकारी मार्फत समृद्धि ः केसी



सैघाली खबर,
पुस १ तुलसीपुर ।

दाङ क्षेत्र न ३ प्रतिनिधि सभा सदस्य हिरा चन्द्र केसिले सहकारी मार्फत मुलुकलाई समृद्ध बनाउन सकिने बताए । रारा बचत तथा ऋण सहकारी संस्था तुलसीपुरको छैटौं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सहकारीको कार्यक्षेत्रलाई फराकिलो बनाई समृद्धिको दिशातर्फ लैजाने बताए । केसीले सहकारीलाई ग्रामिण क्षेत्रसम्म पु¥याई युवालाई स्वरोजगार मुखी बनाउनु पर्ने बताए । उनले सहकारीले आर्थिक स्रोतको बलियो आधार भएको भन्दै सहकारीलाई ब्यवस्थित गरि लैजाने योजना बनाएको समेत बताए ।

उनले मुलुकमा राजनीति लडाई सकिएको भन्दै अबको लडाई आर्थिक बिकास र समृद्धिको भएको समेत बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकदाङका प्रमुख नारायण बेल्बासे, दाङ बचत तथा ऋण सहकारी सघका उपाध्यक्ष सेशुराम भण्डारी ,सचिब रुप बहादुर खत्री, राप्ती बिश्वासि बचत तथा ऋण सहकारी सस्थाका सचिब इन्द्र बुढाथोकी, सहयोगी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष कर्ण बहादुर वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

अध्यक्ष टोप बहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष कर्ण बहादुर भण्डारीले आर्थिक प्रतिबेदन, सचिब मिन बहादुर केसीले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष हरि प्रसाद भुसालले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण चन्द्र बहादुर डाँगीले गरेका थिए ।​((

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्