माेबाईल संघकाे – समाजसेवा ठाउँ ठाउँमा राखियाे सचेतना व्यानर



पवन पाेख्रेल
देशका विभिन्न ठाउँमा समुदायमा नै कोरोना महामारी फैलिन लागेको र चाड्पर्व नजिकिदै गर्दा बजारमा भीडभाड भई तीब्र रुपमा कोरोना महामारी फैलन सक्ने खतरा बढेकाले सबैलाई सचेत बनाउन देउखुरी माेबाईल व्यवसायी संघकाे टिमले लमही बजारका विभिन्न स्थानहरूमा सचेतना बोर्ड राखेका छन् ।

सचेतना ब्यानरमा व्यवसायी तथा सेवाग्राहीलाई स्वास्थ रहन, सावधानी अपनाएर अघि बढ्न तथा सामाजिक दुरी कायम राखी किनमेल गर्नुपर्छ भन्नेकुराकाे सन्देश प्रवाह गर्नेछ भन्ने उद्देश्यका साथ माेवाईल व्यवसायीकाे संघका सदस्यहरूकाे सहभागीतामा चाेकचाेकमा सचेतना व्यानर राखिएको संघका अध्यक्ष भिम भुसालले जानकारी दिनुभएकाे छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्