कालिकोटमा दलित युवामाथी जातीय विभेद र कुटपिटको घटनाको विरुद्ध दाङमा बिरोध प्रदर्शन



कालिकोटमा दलित युवा माथि जातिय विभेद सहित कुटपिट गरेको घटना लाई लिएर तुलसिपुरमा खबरदारी कार्यक्रम सम्पन्न भएको छ ।संयुक्त दलित युवा अभियानले आयोजना गरेको कार्यक्रम संयोजक खेमराज वि क सेन्चुरी को अध्यक्षतामा भएको थियो ।             झण्डै १५० जना युवाहरूको संख्यामा उपस्थित भएको र्‍याली जुलुस तुलसीपुरको मदनआश्रीत चोक देखि बजार परिक्रम गरि वि.पि. चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।              उक्त खबरदारी कार्यक्रममा दलित नागरिक समाज दाङका संयोजक छवि परियार,दलित अधिकारकर्मी राधिका परियार बोल्नुभएको थियो । अभियानका सहसंयोजक शेर बहादुर परियारले कार्यक्रममा उपस्थित सम्पुर्ण युवा अभियान्ताहरुलाइ धन्यबाद मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहजीकरण सचिव उमेश परियारले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्