प्रदेश ५

बाहिरीयो बाबुरामले वाम गठबन्धन छाड्नुको रहस्य

By थाहा अनलाइन

December 16, 2017

सैघाली खबर, काठमाडौ १ पुस । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्टराईले आफ्नो पार्टीलाई एमाले–माओवादी केन्द्रका नेताले ‘रियाक्ट’ गरेका कारण वाम गठबन्धनबाट बाहिरिएको बताएका छन् ।

ओली–प्रचण्डले नयाँ ढंगले जानुपर्छ भन्ने अनुरोध गरेकाले आफु वाम गठबन्धनमा सहभागी भएको स्पष्ट पार्दै डा। भट्टराईले नयाँ शक्तिलाई सामेल गराएको भन्दै एमाले–माओवादीका नेताले गठबन्धनमा आपत्ति जनाएको बाबुरामले खबरडबलीसँग बताए । ओली–प्रचण्ड हरुले पार्टीभित्र ‘नयाँशक्तिसँग अहिले चुनावी तालमेलमात्र गर्ने, चुनावपछि आफ्नै ढंगले पार्टी एकता गर्ने’ भन्ने कुरा रहेछ।’ उनले भने, ‘पार्टी एकतामा नयाँशक्तिलाई सामेल गर्ने भन्ने कुराको एमाले–माओवादी केन्द्रभित्र तुरुन्त ‘रियाक्ट’ भइहालेछ। हामीलाई अकस्मात संलग्न गराएकोमा त्यहाँभित्र प्रतिरोध नै भएपछि त्यहाँ बस्नु ठिक लागेन’ ।

वैकल्पिक राजनीतिक शक्ति बनाउने भन्दै तत्कालीन एनेकपा माओवादबिाट अलग भएर नयाँशक्ति गठन गरेका डा। भट्टराई एमाले–माओवादी केन्द्रसम्मिलित वाम गठबनधन निर्माण गर्दा सोही गठबन्धनमा मिसिएका थिए । वाम गठबन्धन बनेको हप्तादिन नपुग्दै उनी कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनसँग मिल्न पुगेका हुन् ।