बंगलाचुली गाउँपालिका ५ मुर्कुटिमा पञ्चमि मेला नलाग्ने



कमिरेचौर,३२ श्रावण ।

यस वर्षको हरितालिका तिज पछिको पञ्चमिमा बंगलाचुली गाउँपालिका ५ मुर्कुटिमा पञ्चमि मेला नलाग्ने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को जोखिमलाई मध्यनजर गर्दै मेला नलगाउने निर्णय गरिएको हो ।

वडा नं.-५ को वडा कार्यालयको बैठक मार्फत मुर्कुटि बजारमा पञ्चमिका दिन मेला नलगाउने निर्णय गरिएको बंगलाचुली गाउँपालिका वडा नं.-५ का अध्यक्ष ऐनुराज खत्रीले बताउनु भयो ।मुर्कुटी बजारमा परापुर्वककाल देखि हरेक वर्षको पञ्चमिका दिन ठुलो मेला लाग्दै आएको छ ।सो दिन कसैले पनि मेला नलगाउन तथा कहिबाट पनि मेला हेर्नका लागि नआउन सबैलाई अपिल समेत गरिएको छ ।

यसैविच उद्योग वाणिज्यसंघ बंगलाचुली शाखाले समेत पञ्चमि मेलामा नलगाउन सबै व्यवसायीहरुलाई अनुरोध गरेको छ । उद्योग वाणिज्यसंघ बंगलाची शाखाले सबैलाई यस्तो अनुरोध गरेको हो ।

कोरोना भाईरसको जोखिम उच्च रहेको भन्दै मेला नलगाउन अनुरोध गरिएको उद्योग वाणिज्य संघ बंगलाचुली शाखा अध्यक्ष रुक प्रसाद पुलामीले बताउनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्