काठमाडौं /३२ साउन ।
लकडाउन खुकुलो हुने बित्तिकै नायक पल शाह म्यूजिक भिडियोको काममा व्यस्त थिए । फेरि देशभर कोरोना संक्रमितको संख्या बढेपछि पलले सम्पूर्ण म्यूजिक भिडियो छायांकनको काम रोकेका छन् ।
यसपटक पलले आफ्नो पछाडि बसेर कुरा काट्नेमाथि आक्रोश पोखेका छन् । पलले घुमाउरो भाषामा लेखेका छन् –‘अहंकारी मानिस समुन्द्रलाई तलाउ देख्छन् ।तलाउमा ढुंगा हान्दा उत्पन्न हुने तरंग हेर्दै खुशी हुन्छन् । शान्त समुन्द्रको लहरासँग खेल्दै रमाइलो मान्छन् । शालिनताको फाइदा उठाउँदै आफ्नो खुशीका लागि अरुलाई प्रहार गरिरहन्छन् । फलस्वरुप समुन्द्रले भयंकर सुनामीको रुप लिन्छ ।’
उनी फ़ेरि लेख्छन –‘सुनामी निर्मम बनेर विध्वंस मच्चाउँछ । त्यसैले शान्त र शालिन छ भनेर कुनै मानिसमाथि एकहोरो प्रहार नगर्नुहोस् । भित्ताको त कान हुन्छ भन्छन्, आफू महाना देखिन अरुको कुरा काट्दै नहिड्नुहोस् । किनकी, तपाइको आँखालाई प्रदुषित तलाउ देखे पनि वास्तवमा त्यो तपाइलाई निमेष भरमै सिध्याउन सक्ने समुन्द्र हुन सक्छ । जसले तपाइको हौसियत संझाउने मात्र होइन विर्सन नसक्ने धक्का पनि दिन सक्छ । चेतना भया ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।