दाङमा गएको एक बर्षमा ५ बालिका आफ्नै बावुबाट बलात्कृत



सैघाली खबर
दाङ, १ पुष । बंगाचुली गाउँपालिकाका दश बर्षीय बालिका आफ्नो बावु बाट पटक / पटक बलात्कृत हुदै आईन । घरमा आमा नभएको बेला बाबुबाटै बलात्कृत हुदै आएकी बालिकाले आमासंग सबै दुखेसो पोखे पछि बल्ल छोरी बलात्कृत भएको थाहा पाईन । बावु बाट बलात्कृत हुदै आए उनिले बावुले कसैलाई भने ज्यान समेत मार्ने धम्की दिएका कारण कसैसंग भन्न नसेको पिडितले बताईन । बालिका गत वर्षको पुष ५ मा बालिका बलात्कृत भएकी थिईन ।

बालिकाको पक्षमा अदालतले फैसला गर्दै पिडक बावुलाई २० बर्ष कैद र ४० हजार क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।दाङमा यो प्रतिनिधि मुलक घटनामात्र हो । जिल्लामा पछिल्लो चरण यस्ता घटना बढ्दै ईन्सेक दाङले जनाएको । जिल्लामा अधिकासं बालिकाहरु बावुबाटै बलात्कृत हुदै गएको ईन्सेक बर्ष पुस्तकमा अभिलेखिकरण गरिएको पाईएको हो । आर्थिक अभाव गरिबीका कारणं कतिपय आमाहरु विदेश जानु पर्ने बाध्य भएका कारण यौन प्यास मेट्न बावुले छोरीहरुलाई नै बलात्कार गर्दै आएको जनाईएको छ । यसको मुख्य कारण अशिक्षा गरिबी देखा परेको ईन्सेक दाङका प्रतिनिधी जे.एन. सागरले वताउनुभयो ।

ंबंगलाचुली गाउँपालिका जस्तै तुलसीपुर उपमहानरपालिकाका १४ बर्षीय बालिका पनि बावु वाटै बलात्कृत भएकी थिईन । आमा वैदेशिक रोजगारीमा गएपछि बाबुले एक बर्ष सम्म निरन्तर बलालात्कार गरेको पीडितले बताईन । पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा बावुलाई कारवाहीको माग समेत गरेका थिए । प्रहरीले बाबुलाई गत बर्षको २३ गते गिरफ्तार गरी बलात्कारसम्वन्धि मुद्धा चलाएको थियो । जिल्ला अदालतले दोषी ठहर गर्दै १८ वर्ष कैद र पीडितलाई ४० हजार क्षतिपुर्ती भराउने फैसला गरेको थियो । २०१७ मा जिल्लामा ५ बालिका आफ्नै बावु बाट बलात्कत भएको ईन्सेको अभिलेखिकरणमा समावेस गरिएको छ । बलात्कारमा ५ बर्षीय बालिका देखि ६५ बर्ष सम्मका बृद्धा समेत परेको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लामा यस्ता घट्नु अशिक्षा नै मुख्य भएको बताउँदै सबै सचेत बन्नुपर्ने ईन्सेक प्रतिनिधी जे.एन. सागरले वताउनुभयो । सन् २०१७ मा जिल्लामा ३१ वटा घटना बलात्कार र बलात्कारका प्रयासका घटेको तथ्याङकमा उल्लेख गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्