२४ घण्टामा थप ६४१ जनामा कोरोना पुष्टि, कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुग्यो



काठमाडौं /३२ साउन ।
पछिल्लो २४ घण्टामा नेपालमा ६४१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या २६ हजार ६ सय ६०पुगेको छ ।

नेपालमा अहिले संक्रिय संक्रमित ९ हजार २२१ रहेका छन्।

हाल सम्म क्वारेन्टाइनमा रहेनेको संख्या १५ हजार २४३ रहेको जागेश्वर गौतमले जानकारी दिए।

त्यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३४ जना डिस्चार्ज भएका छन्।

कुल डिस्चार्ज हुनेको संख्या भने १७ हजार ३३५ पुगेको छ। यो कुल संक्रमितको ६५ प्रतिशत हो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्