कोरोनाबाट एक भारतीय मन्त्रीको मृत्यु



हरियाणा । कोरोनाभाइरसबाट संक्रमित भारतका पूर्व क्रिकेट खेलाडी एवं उत्तर प्रदेशका मन्त्री चेतन चौहानको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा आइतबार निधन भएको छ । उनी ७३ वर्षका थिए ।

उनको स्वास्थ्य अवस्था शनिबार निकै नाजुक अवस्थामा पुगेको थियो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले चौहानको निधनप्रति गहिरो दुःख प्रकट गरेका छन् ।
चौहान सन् १९७० को दशकमा भारतीय क्रिकेटका प्रमुख खेलाडी रहनुका साथै उनी भारतीय क्रिकेटर सुनिल गावस्करसँग मिलेर इनिङको शुरुआत गर्थे । उनले सन १९६९ मा न्यूजील्यान्ड विरुद्ध पहिलो टेस्ट म्याच खेलेका थिए ।

यी दायाँ हाते ब्याट्सम्यानले ४० वटा टेस्ट खेलेर व्यक्तिगत २ हजार ८४ रन बनाए । उनले ७ वटा एकदिवसीय क्रिकेट खेलेका थिए । गत अगस्टमा उत्तर प्रदेशकी मन्त्री कमला रानीको पनि लखनउमा कोरोनाभाइरस संक्रमणकै कारण निधन भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्