Banner Third

एनआरएनएले भन्यो : दैनिक ५ सय जनाको मात्रै उद्धार गर्ने नीतिले समस्या भयो

By थाहा अनलाइन

August 17, 2020

काठमाडौँ /०१ भदौ। गैरआवासीय नेपाली संघले दैनिक पाँच सय जनासम्मलाई मात्रै उद्धार गर्ने भन्ने नेपाल सरकारको निर्णयले समस्या भएको जनाएको छ ।

सरकारको उक्त निर्णयले विदेशमा अलपत्र र समस्यामा परेका नेपाली कामदारलगायत अन्य विविध प्रयोजनले विदेश गएका तर उतै रोकिएका नेपालीको उद्धारमा थप ढिलाइ हुने संघले जनाएको छ ।

सरकारको निर्णयले अलपत्र परेका नेपाली, भिसा अवधि सकिएका तथा महामारीका कारण अन्य विभिन्‍न समस्यामा परेका नेपाली थप निराश बनेका संघअन्तर्गतको वैदेशिक रोजगार समिति संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीले बताए।

यसअघि सरकारले विदेशस्थित कूटनीतिक नियोगको सिफारिसमा तीन सय र वैदेशिक रोजागर कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी दुई सयजना गरी दैनिक पाँच सय जनालाई मात्रै उद्धार गर्ने जनाएको थियो ।